• बुधबार-५-३-२०८३

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

views:-114

कुमार खड्का


यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना गर्दै विद्यालयले स्थापना दिवस मनाएको हो।


यसैबिच सोहि अवसरमा स्व.खम्बसिं पौडेल स्मृति अक्षयकोषको व्याजबाट छात्रवृति पनि वितरण गरिएको छ। दश जना बिपन्न र जेहेन्दार विद्यार्थीलाई  छात्रवृति वितरण गरिएको हो। गत वर्ष स्व.खम्बसिं पौडेलको स्मृतिमा पौडेल परिवारले  १ लाख ५१ हजारको विद्यालयमा अक्षयकोषको स्थापना गरेका थिए, सोहि अक्षयकोषको १८ हजार ब्याजबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा अक्षयकोषदाता टंक पौडेलले बताउनुभयो । 


कार्यक्रममा कुम्मायक–१ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीले बिद्यालयमा शैक्षिक अक्षयकोषको स्थापना गरिदिने घोषण गर्नुभएको छ। शैक्षिक अक्षयकोषको लागि गाउँपालिकालाई आग्रह गर्ने नभए वडा कार्यालयले नै विद्यालयमा ५ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने अध्यक्ष लावतीले प्रतिवद्धता जनाउनु भएको छ  ।


यसैबिच जन्मदिनको अवसरमा स्कुल ब्याग वितरण पनि गरिएको छ। सोहि विद्यालयमा कार्यरत शिक्षिका रिता निरौला पौडेलले आफ्नो जन्मदिनको अवसरमा स्कुल ब्याग वितरण गर्नुभएको हो। कक्षा १ का ९ जना विद्यार्थीलाई ६ हजार बराबरको झोला  वितरण गर्नुभएको बिद्यालयका प्रधानध्यापक गिता खड्काले बताउनुभयो।


कार्याक्रममा कुम्मायक गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख प्रदिपसिं तामाङ, सोहि बिद्यालयका निर्वतमान प्रधानध्यापक ऐगेन्द्र बहादुर खड्रका, १ नम्बर वडा सदस्य अमर पौडेल लगायतको सहभागिता रहेको थियो।
 

प्रतिकृया दिनुहोस

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र

यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन

यासोक—  पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन भएको छ । समितिको अध्यक्षमा जय बहादुर चेम्जोङ चयन