• बुधबार-५-३-२०८३

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

views:-221

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।  

 

नेत्रज्योति संघ ताप्लेजुङ र कुम्मायक गाउँपालिका बीच आँखा उपचार केन्द्र स्थापना गर्ने सहमती भएसंगै बिहिवार आँखा उपचार केन्द्रको उत्घाटन गरिएको हो । आँखा उपचार केन्द्रको उत्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बिष्णु प्रसाद सापकोटा, नेत्र ज्योति संघका केन्द्रिय महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष दुर्गा गुरागाई, नेत्र ज्योति संघ ताप्लेजङका अध्यक्ष मुक्तिनाथ पौडेल, लगायत कार्यक्रममा उपस्थित रहनु भएको थियो ।

 

आखा उपचार केन्द्र स्थापना भए सङगै गाउँपालिकावासीले गाउँमै आँखा उपचार सेवा पाउने भएका हुन । यसैगरी बिहिवार देखि गाउँपालिकामा ४ गतेसम्म शल्यकृया सहितको आँखा शिविर संचालन सरु भएको छ  । गाउँपालिका र नेत्रज्योति संघ ताप्लेजुङको आयोजना र इटहरी आँखा अस्पतालको प्राविधिक सहयोगमा शिविर संचालन सरु  भएको हो ।

 

 

शिविरमा आाखाको चेक जााच, मोतीविन्दुको निशुल्क शल्यकृया, चस्मा बितरण लगायतका सम्पूर्ण सेवाहरु संचालन भैरहेको बताईएको छ । बिहिवार पहिलो दिन १४२  जनाले सेवा लिएका छन ।  

 

 

आाखा उपचार केन्द्र तथा  शल्यकृया सहितको आँखा शिविरको उत्घाटन कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको अध्यक्षतामा सम्मपन्न भएको थियो ।
 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन

यासोक—  पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन भएको छ । समितिको अध्यक्षमा जय बहादुर चेम्जोङ चयन