• बुधबार-५-३-२०८३

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

views:-142

कुमार खड्का

 

यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर निवासी स्व. जानुका सुब्बा सम्बाहाम्फेको स्मृतीमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना गरिएको हो। 

स्व. जानुका सुब्बा सम्बाहाम्फेको स्मृतीमा वहाँको छोराहरु धिरेन्द्र लिम्बु, विक्रम आङ्देम्बे र छोरी आशा सुब्बाको तर्फवाट हाल अमेरीका निवासी धिरेन्द्र लिम्बुले स्वा.जानुका सुब्बा सम्बाहाम्फे स्मृती अक्षयकोष बिहिवार एक कार्यक्रमकाबिच सो रकम श्री पृथ्वी माविलाई हस्तान्तरण गर्नु भएको छ।
उक्त अक्षयकोषको व्याज प्रत्येक वर्ष पृथ्वी माध्यमिक विद्यालयमा अध्ययन गरी कक्षा १० को एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्रा र १ छात्र साथै कक्षा १२ को एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने १ छात्रा र १ छात्रलाई पुरस्कार स्वरुप प्रदान गरिने कुम्मायक १ का अध्यक्ष तथा बिद्यालय व्यावस्थापन समितिका अध्यक्ष देबेन्द्र कुमार लाओतीले जानकारी दिनुभयो। 

अध्यक्ष लाओतीले स्व. जानुका सुब्बा सम्बाहाम्फेको आत्माको चिर शान्तिको कामना गर्दै विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्न अक्षयकोष स्थापना गर्न’हुने महानुभावहरुप्रती धन्यावाद व्यक्त गर्दे अक्षयकोषको रकम बढाउन दाताहरुलाई अनुरोध गर्दे जाने लाओतीको भनाई छ। 

 

पृथ्वी माविमा यसअघि पनि अक्षयकोष स्थापना गरिएको छ। बिद्यालयका पुर्ब प्रधानध्यापक चन्द्र प्रसाद निरौलाले १ लाख, गणेश थापाले ५० हजार नन्दु खनाबाट २१ हृजार अक्षयकोषको स्थापना गरिसकिएको पृथ्वी माविका प्रधानध्यापक क्रृषिराम गजुरेलले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र

यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन

यासोक—  पाँचथरको कुम्मायक गाउँपालिकामा रहेको यासोक क्याम्पस संचालक समितीको नयाँ कार्य समिती गठन भएको छ । समितिको अध्यक्षमा जय बहादुर चेम्जोङ चयन