• बुधबार-५-३-२०८३

कोरियमा पाँचथरका भिमन्त सेर्मा सधैँका लागि अस्ताए, शवलाई नेपाल ल्याउन पहल हुँदै

views:-9737

कुमार खड्का


यासोक—  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका पाँचथरका एक युवकको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका– २ स्थित माङजाबुङ निवासी  भिमन्त सेर्माको  कोरियमा  सुतेकै अवस्थामा फाल्गुन २९ गते बिहान मृत भेटिएको बताइएको छ ।

 

सेर्मा दक्षिण कोरियाको  एरीया ख्यागिदो खाङ्जुसि थेजनदोङ ५९५ बन्जी  कम्पनीमा कार्यरत थिए। उनी यसअघि पनि पाँच वर्ष इपिएस कामदारको रुपमा दक्षिण कोरिया बसेर आएका थिए। पुनःदोस्रो पटक रोजगारीका लागि कोरिया  पुगेको करिव १८ महिना भएको थियो।

 

उनको मृत्युको कारण भने खुलेको छैन । पोष्टमाटर्म रिपोर्ट आउन करिव १० दिन लाग्ने पुर्वाअञ्चल सरोकार समाज दक्षिण कोरियाका अध्यक्ष गजेन्द्र सेर्माले जानकारी दिनुभयो। उनको शव पठाउन करिव १ हप्ता लाग्ने उहाँको भनाई छ। यसैबिच शव ल्याउन कुम्मायक गाउँपालिकाले पहल गरिरहेको छ। गाउँपालिका अध्यक्ष बम प्रसाद लावतीका अनुसार वैदेशिक रोजगार बिभाग र परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागमा पत्र पठाईसकिएको छ।

उनि पछ्लिो समय उच्च रक्तचाप र सुगर रोगबाट पिडित बनेको पारिवारिक स्रोतले जनाएको छ। उनका २ छोरी र एक छोरा रहेका छन। उनको बि.स २०४३ फल्गुन २९ गते जन्म भएको थियो। 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

 काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको

त्रिशाली पुजा तथा मेलाको पुर्व तयारी:  बिभिन्न उप–समिति गठन

कुमार खड्का  यासोक— पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा लाग्ने (तङ्सुम तङ्नाम) त्रिशाली पुजा तथा मेलाको पूर्व तयारी अघि बढेको छ । बैशाख १७