• बुधबार-५-३-२०८३

त्रिशूलीमा बस खस्दा ६ जनाको मृत्यु, ३८ जनाको उद्धार

views:-176

 काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको मृत्यु भएको गजुरीका प्रहरी नायव उपरीक्षक डीएसपी मदन कुँवरले जानकारी दिए । सिद्धार्थ यातायातको लु२ख २१२१ नम्बरको बस बिहान ४,४१ बजे सडकबाट करिब १०० मिटर तल त्रिशूलीमा खसेको हो ।

बसमा कति जना यात्रु सवार थिए भन्ने खुलिसकेको छैन । दुर्घटनास्थलबाट ३८ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी सन्तु जैसवालले जानकारी दिए । उद्धार गरिएकाहरूलाई नजिकैका स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको छ ।

उद्धार कार्य जारी रहेको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । दुर्घटनास्थलमा सशस्त्र प्रहरीको गोताखोर टोलीले उद्धारका गरिरहेको छ ।

प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । 

onlinekhabar

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

कोरिया गएका पाँचथरका भिमन्त सेर्मा सधैँका लागि अस्ताए, शवलाई नेपाल ल्याउन पहल हुँदै

कुमार खड्का यासोक—  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका पाँचथरका एक युवकको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका– २ स्थित माङजाबुङ निवासी

कुम्मायक गोल्ड कप चैत ११ देखि,  खेल तालिका पनि सार्वजनिक 

कुमार खड्का  यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा  २०८० साल चैत ११ गतेदेखि  कुम्मायक रनिङ शिल्ड गोल्डकप संचालन हुने भएको छ । “आठ वटै स्थानिय