• बुधबार-५-३-२०८३

त्रिशाली पुजा तथा मेलाको पुर्व तयारी:  बिभिन्न उप–समिति गठन

views:-1037

कुमार खड्का 

यासोक— पाँचथरको कुम्मायक गाउँपालिका केन्द्रमा लाग्ने (तङ्सुम तङ्नाम) त्रिशाली पुजा तथा मेलाको पूर्व तयारी अघि बढेको छ । बैशाख १७ देखि २३ गतेसम्म ७ दिन लाग्ने ऐतिहासिक ( तङ्सुम तङ्नाम) त्रीशाली पुजा तथा मेला सफल पार्न बिभिन्न ५ वटा उप–समिति गठन गरिएको हो ।

 

उप—समितिहरुमा पुजा व्यवस्थापन गर्नको लागि पुजारी रुद्र बहादुर लावतीको संयोजकत्वमा ७ सदस्य पुजा व्यावस्थापन उपसमिति गठन गरिएको छ। त्यस्तै मुल समारोह  समतिका कोषाध्यक्ष उमा चाम्लिङ राईको संयोजकत्वमा ४७ सदस्य भेटि संकलन उपसमिति, कुमार खड्काकोे संयोजकत्वमा ५ सदस्य प्रचार प्रसार उप समिति, चेतन लावतीको  संयोजकत्वमा ११ सदस्य मेला बजार व्यावस्थापन उपसमिति, लक्ष्मी फेवादिनको संयोजकत्वमा ९  सदस्य खेलकुद उपसमिति गठन गरिएको  मुल समारोह समितिका सचिव जकेन्द्र लावतीले जानकारी दिनुभयो। सांस्कृतिक कार्यक्रमको उपसमिति पनि  छिट्टै टुङ्गो लगाउने उहाँको भनाई छ ।


केहिदिन अघि कुम्मायक गाउँपालिकाको कार्यालयमा बसेको सर्वदलिय र सर्वपक्षिय भेलाले कुम्मायक–४ का वडाअध्यक्ष फगेन्द्रकुमार सम्बाहाम्फे अध्यक्षतामा ३१ सदस्य  त्रिशाली पुजा तथा मेला मुल समारोह समिति गठन गरिएको थियो । 

 

पूर्वको ऐतिहासिक धार्मिक स्थल कुम्मायकमा तीन वर्षको अन्तरमा ३ दिन  लाग्ने (तङ्सुम तङ्नाम) त्रिशाली पुजा तथा मेला यस पटक भने बैसाख १७ देखि २३ गते सम्म ७ दिन लाग्ने भएको छ।   त्रिशाली पुजा र मेलाको मुख्य आकर्षणहरुमा कुम्मायक–कुस्सायक पुजा, फुटबल प्रतियोगिता, साँस्कृति कार्यक्रम र बिभिन्न स्टल समेत संचालन हुने जनाइएको छ।    
 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

कोरियमा पाँचथरका भिमन्त सेर्मा सधैँका लागि अस्ताए, शवलाई नेपाल ल्याउन पहल हुँदै

कुमार खड्का यासोक—  वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया गएका पाँचथरका एक युवकको मृत्यु भएको छ । कुम्मायक गाउँपालिका– २ स्थित माङजाबुङ निवासी

त्रिशूलीमा बस खस्दा ५ जनाको मृत्यु, ३८ जनाको उद्धार

 काठमाडौँ । धादिङ गजुरीस्थित गलौदीमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्दा ६ जनाको