• बुधबार-५-३-२०८३

कुम्मायक गोल्ड कप चैत ११ देखि,  खेल तालिका पनि सार्वजनिक 

views:-190

कुमार खड्का 
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा  २०८० साल चैत ११ गतेदेखि  कुम्मायक रनिङ शिल्ड गोल्डकप संचालन हुने भएको छ । “आठ वटै स्थानिय तहको सहभागिता पाँचथरको सान, स्थानिय फुटबल बिकासमा कुम्मायक स्पोर्टिङको अभियान भन्ने मुल नाराका साथ कुम्मायक गोल्डकपको पाचौँ संस्करण चैत ११ गते देखि संचालन हुने भएको हो। 


आयोजक कुम्मायक स्पोर्टिङ क्लबले शुक्रबार पाँचथरको सदरमुकाम फिदिममा पत्रकार सम्मेलन गरी गोल्ड कपको तयारीबारे जनाकारी दिएको छ । गोल्डकपमा पाँचथरका आठ वटा स्थानीय तहको सहभागिता हुने कुम्मायक स्पोर्टिङ क्लवका अध्यक्ष खेम निरौलाले जानकारी दिनुभयो । 


यसैबिच पत्रकार सम्मेलनको अवसरमा आयोजकले लाईभ गर्दे गोलाप्रथा मार्फत खेल तालिका समेत सार्वजिनक गरेको छ । चैत ११ गते हुने उद्घाटन खेलमा कुम्मायक र मिक्लाजुङ गाँउपालिका भिड्ने भएका छन् । १२ गते हुने खेलमा याङवरक गाँउपालिकासँग फिदिम नगरपालिका र तुम्बेवासँग हिलिहाङ गाँउपालिका भिड्नेछ । १३ गते हुने पहिलो चरणको अन्तिम खेलमा फालेलुङसँग फाल्गुनन्द गाँउपालिका भिड्ने उल्लेख छ । प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ। 


प्रतितयोगितामा बिजेता टिमले एक लाख ११ हजार एक सय ११ रुपैँया सहित चाँदिको रनिङ ट्रफी हात पार्नेछ । उपबिजेताले ५५ हजार पाँच सय ५५ रुपैँया प्राप्त गर्ने छ । सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार, बिधागत उत्कृष्ट खेलाडीलाइ पाँच हजार, म्यान अफ दी म्याचलाई तीन हजार र फ्यान अफ दी म्याचलाई एक हजार नगद पुरस्कार प्रदान गर्ने आयोजक जनाएको छ।


पाँच दिनसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव २२ लाख ५० हजार खर्च लाग्ने अनुमान रहेको क्लबका सचिव डिकधोज लावतीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

कुम्मायकमा राष्ट्रपति रनिङ शिल्ड विवादित ः निर्णय गर्ने जिम्मा मन्त्रालयलाई 

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस बर्ष पनि सिल्ड र ट्रफि वितरण कार्यक्रम

यासोकमा तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुँदै

कबिन्द्र सेर्मा यासोक—  पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा  कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय  आमन्त्रण गोल्डकप आयोजना

कुम्मायकमा संचालित पुरुष फुट्बल प्रतियोगिताको  उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दलाई

यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित पुरुष नकआउट खुल्ला फुट्बल प्रतियोगिताको  उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दले हात पारेको छ