कुम्मायकमा संचालित पुरुष फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दलाई
views:-201
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित पुरुष नकआउट खुल्ला फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दले हात पारेको छ ।
कुम्मायक २ स्थित फाक्चुवा फासिङ क्लबलाई २–० ले हराउदै पहिलो पुरुस्कारको उपाधी जितेको हो । फाक्चुवा फासिङ क्लबले दोस्रो पुरुस्कार जितेको छ । युवा संघ कुम्मायक गाउँकमिटिले आयोजना गरेको सो फुट्बल खेलमा १६ टिमको सहभागिता रहेको युबा संघ कुम्मायक गाउँकमिटी सचिब धन कुमार सेर्माले बताउनु भयो ।
प्रथम पुरुस्कार ३३ हजार ३ सय ३३ ट्रफी मेडल र प्रमाणपत्र तथा दोस्रो पुरुस्कार २२ हजार २ सय २२ रुपैयाँ वितरण गरिएको युवा संघ कुम्मायक गाउँकमिटी अध्यक्ष खगेन्द्र सम्बाहाम्फेले बताउनु भयो । खेल प्रतियोगितामा खेलमैदान सुधार गर्न आर बि एस एन निर्माण सेवा प्रा लि का प्रोप्राइटर रन्जन सम्बाहाम्फेले सहयोग गर्नु भएको आयोजकका प्रतिनिधि लक्ष्मण सम्बाहाम्फेले बताउनु भयो । खेल अबधी भर मुख्य रेफ्रीको रुपमा सुजन त्रिखत्री रहनु भएको थियो ।
समापनका अबसरमा बिजयी टिमहरुलाई कुम्मायक गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङ, नेकपा एमाले कुम्मायक कमिटी अध्यक्ष मेघराज निरौला, युवा संघका जिल्ला अध्यक्ष कमल थपलिया लगायतले पुरुस्कार बितरण गर्नु भएको थियो । खेल फाल्गुन २१ गते देखि २५ गते ४ दिन सम्म संचालन भएको थियो ।
कुम्मायक गोल्ड कप चैत ११ देखि, खेल तालिका पनि सार्वजनिक
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा २०८० साल चैत ११ गतेदेखि कुम्मायक रनिङ शिल्ड गोल्डकप संचालन हुने भएको छ । “आठ वटै स्थानिय
कुम्मायकमा राष्ट्रपति रनिङ शिल्ड विवादित ः निर्णय गर्ने जिम्मा मन्त्रालयलाई
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस बर्ष पनि सिल्ड र ट्रफि वितरण कार्यक्रम
यासोकमा तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुँदै
कबिन्द्र सेर्मा यासोक— पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना

प्रतिकृया दिनुहोस