यासोकमा तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुँदै
views:-205
कबिन्द्र सेर्मा यासोक— पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना हुने भएको छ।
प्रत्येक त्रिशाली मेलाको अबसरमा आयोजना हुने यो फुट्बल प्रतियोगिता यो पटक आयोजना हुने तेस्रो गोल्ड्कप हो । अगामी बैशाख २ गते देखि यासोक मा संचालन हुने त्रिशाली मेलाको अबसर पारेर यहीँ चैत २८ गतेबाट कुम्मायक कुस्सायक गोल्डकप सुरु हुने फिदिममा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।
पत्रकार सम्मेलनमा त्रिशाली मेला मुल आयोजक समितिका अध्यक्ष एबम कुम्मायक १ का अध्यक्ष देबेन्द्र कुमार लाओतीले त्रिशाली मेलाको एतिहासिकता र मेलाको लागि खर्च हुने अनुमानित विवरण प्रस्तुत गर्नु भएको थियो । त्यसै गरि कुम्मायक गाउँपालिकाले मेला संचालनका लागि १८ लाख रकम सहयोग गरेको पनि अध्यक्ष
लाओतीले जानकारी दिनु भयो।
जस मध्ये त्रिशाली पुजा कार्यक्रमका लागि ६ लाख , तेस्रो कुम्मायक कुसायक आमन्त्रित गोल्ड्कपका लागि ६ लाख ५० हजार भलीबल खेलका लागि २ लाख ब्याडमिन्टन खेलका लागि र स्थानीय कलाकार सम्मान तथा सास्कृतिक कार्यक्रमका लागि २ लाख ५० हजार रकम छुट्याइएको पनि उहाँले बताउनु भयो।
पत्रकार सम्मेलनमा आयोजक सयपत्री क्लबका अध्यक्ष शिव कुमार लावतिले प्रतियोगितामा एडिभिजन खेलेका खेलाडीहरु सहभागी हुने जानकारी दिनु भयो। उक्त प्रतियोगितामा आयोजक सहित ८ टिमको सहभागीता रहने पनि अध्यक्ष शिव कुमार लावतीले जानकारी दिनु भयो। यसै गरि सयपत्री क्लबका सल्लाहकार मेदनी लावतिले परापुर्बकाल देखि लाग्दै आएको त्रिशाली मेलामा क्लबले आमन्त्रित गोल्ड्कपको आयोजना गर्दै आएको बताउनु भयो।
सोमबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताको खेल तालिका समेत सार्वजनिक गरिएको छ । कुम्मायक(१, यासोकस्थित पृथ्वी माविको खेलमैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सयपत्री क्लव ९निलो० ले ब्रदर्श युनाइटेड क्लव झापाको सामना गर्नेछ ।
प्रतियोगिताको दोस्रो खेल चैत २९ गते केएफसी झापा र खेवाङ एफसी ताप्लेजुङबीच हुनेछ । प्रतियोगिताको चौंथो खेलमा चैत ३० गते संगम एफसी सुनसरी र केकेएफसी झापा आमने(सामने हुनेछन् । प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेल वैशाख १ गते सयपत्री क्लव रातोले सिलिगुढी भारतको एसटी ब्रदर्श बिरुद्ध मैदान उत्रिनेछ ।
प्रतियोगिताको बिजेताल टोलीले नगद ३ लाख ३३ हजार ३३३ रुपैंयाँ प्राप्त गर्नेछ । उपबिजेता हुने टोलिले नगद १ लाख ६६ हजार ६६६ रुपैंयाँ प्राप्त गर्नेछ । हरेक खेलको म्यान अफ् दि म्याचलाई नगद ५ हजार रुपैंयाँ र बिधागततर्फका उत्कृष्टलाई जनही ८ हजार रुपैंयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
त्रिशाली मेलामा ब्याड्मिन्टल खेल, भलीबल खेलको प्रतियोगिता समेत आयोजना हुने मुल समारोह समितिका सम्योजक देबेन्द्र कुमार लावतिले बताउनु भएको छ ।
कुम्मायक गोल्ड कप चैत ११ देखि, खेल तालिका पनि सार्वजनिक
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा २०८० साल चैत ११ गतेदेखि कुम्मायक रनिङ शिल्ड गोल्डकप संचालन हुने भएको छ । “आठ वटै स्थानिय
कुम्मायकमा राष्ट्रपति रनिङ शिल्ड विवादित ः निर्णय गर्ने जिम्मा मन्त्रालयलाई
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस बर्ष पनि सिल्ड र ट्रफि वितरण कार्यक्रम
कुम्मायकमा संचालित पुरुष फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दलाई
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित पुरुष नकआउट खुल्ला फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दले हात पारेको छ

प्रतिकृया दिनुहोस