कुम्मायकमा राष्ट्रपति रनिङ शिल्ड विवादित ः निर्णय गर्ने जिम्मा मन्त्रालयलाई
views:-119
कुमार खड्का
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालन भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा यस बर्ष पनि सिल्ड र ट्रफि वितरण कार्यक्रम रोकिएको छ। विद्यालयले फर्जि विद्यार्थीलाई भलिवल खेलमा समावेश गराएको भन्दै स्थान निर्धारणमा उजुरी परेपछि सिल्ड र ट्रफि वितरण रोकिएको हो।
शुक्रवार कुम्मायक गाउँपालिकामा जनप्रतिनिधि र खेलकुद समितिको बैठकबसी राष्ट्रिय खेलकुद परिषदको सिफारिसमा विद्यालयगत स्थान निर्धारणको निर्णय गर्ने जिम्मा युवा तथा खेलकुद मन्त्रालयलाई दिएको पालिकाका शिक्षा अधिकृत प्रदिप सिंह तामाङले जानकारी दिनुभयो। यसैबिच गाउँपालिकाले ३० स्वर्ण सहित २३० पदक विजेता विद्यार्थी खेलाडीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ। यता विद्यालयगत स्वर्ण, रजत, कास्य पदक पनि घोषणा गरिएको छ। स्थान निर्धारणमा उजुरी परेपछि सिल्ड र ट्रफि वितरण मात्र रोकिएको तामाङको भनाई ।
गाउँपालिकाको आयोजनामा सञ्चालित उक्त कार्यक्रम माघ १६ गते कुम्मायक ५ स्थित श्री महेन्द्रोदय मा.वि. को व्यबस्थापनमा कार्यक्रम संचालन भएको थियोे थियो। १६ गते गाउँपालिकाका कार्यवाक अध्यक्ष तथा उपाध्यक्ष महेन्द्र बहादुर खडका लगायत जननिर्वाचित प्रतिनिधि र कर्मचारी सहितको टोलीले भव्य उद्घाटन गरेको कार्यक्रमको खेलहरु ३ दिन सम्म राम्रै तरिकाले चलिरहेको थियो। अन्तिम दिन १८ गते पृथ्वी मा.वि यासोक र सिध्द सरस्वती मा.वि छात्राहरु बिचको भलिवल खेल बाकीँ थियो । छात्राहरुको भलिवल खेलमा सिध्द सरस्वती मा.वि. माङजाबुङले पृथ्वी मा.वि. यासोकलाई हरायो, रनिङ शिल्ड प्रतियोगिताभर सिध्द सरस्वती मा.वि. माङजाबुङ र पृथ्वी मा.वि यासोक बिच निक्कै प्रतिस्प्रधा भएको थियो, भलिवल खेल सकिएपछि अलिअलि हल्ला आउन थाल्यो, सरस्वती मा.बि माङजाबुङले १८ वर्ष उमेर नाघेका एक जना छात्रालाई खेल खेलाएको बन्दै छानबिन गर्न पृथ्वी मा.वि. यासोकले खेलकुद समितिलाई निवेदन दिएको थियो । निवेदन परेपछि पनि अन्य खेलहरु निरन्तर संचानल गरियो, खेलकुद समितिले छानबिन गरि सिध्द सरस्वती मा.बि माङजाबुङको छात्रा तर्फको भलिवल खेलको स्वर्ण पदक भने खोसेको छ । उक्त स्वर्ण पदक भने पृथ्वी मा.बिलाई प्रधान गरिएको छ।
यस्तो छ, विद्यालयगत पदक
श्री सिध्द सरस्वती माबि माङजाबुङ १० स्वर्ण, ६ रजत, ४ कास्य। पृथ्वी माबि यासोक ९ स्वर्ण, १० रजत, ३ कास्य, । महेन्द्रदय माबि स्याबरुम्वा ५ स्वर्ण ५ रजत, ६ कास्य । खाल्डे माबि खाल्डे ५ स्वर्ण ४ रजत ६ कास्य । सिध्द माबि तिङदेन १ स्वर्ण ४ रजत १० कास्य ।
“राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका, २०७० दफा १२ उपदफा (४) मा गैर बिद्यार्थी तथा १८ वर्ष भन्दा बढि उमेर समुहका बिद्यार्थीले यो प्रतियोगितामा भाग लिन पाउने छैन्। यदि कसैले भाग लिई प्रतियोगितामा पदक प्राप्त गरेको खण्डमा त्यस्तो पदक खोस्ने र निकतम प्रतिस्पर्धी खेलाडीलाई प्रदान गरिने तथा मापदण्ड बाहिरका खेलाडीलाई सहभागी गराउने बिद्यालय र बिद्यायलका प्रधानध्यापकलाई आयोजक समितिले उचित देखेको अनुशासन सम्बन्धी कारबाही गर्ने वा कारबाहीका लागि सम्बन्धित निकायमा लेखि पठाउन सक्नेछ,” भनिएको छ।
यता सिध्द सरस्वती मा.वि. माङजाबुङका प्रधानध्यापक पूर्ण सेर्माले विद्यालयले फर्जि बिद्यार्थीलाई खेल खेलाउने नियत नराखेको उनले बताए। विद्यालयले बिद्यार्थीलाई खेल खेलाएको हो ? भन्ने प्रश्नमा उमेर थाहा नभएर विद्यार्थीको नाम टिपेको तर उक्त खेलाडीले खेल नखेको बताउनुभयो ।
पृथ्वी मा.वि. यासोकका सहायक प्रधानध्यापक तथा शिक्षक महासघं कुम्मायक अध्यक्ष फूलकुमारी नेम्बाङले विद्यालयहरुले पटक पटक फर्जि विद्यार्थीहरु खेलाएर पदक जित्ने परिपाटीको अन्त्यको लागि निवेदन दिएको बताउनुभयो। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कुम्मायकका ५ वटा मा.वि. हरुको सहभागिता रहेको थियो।
यसैबिच कुम्मायक गाउँपालिमा पटक पटक प्रतियोगिता विवादित बन्दै आएको छ । गत बर्ष पनि गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड विवादित बनेको थियो । गैर विद्यार्थीलाई खेल खेलाएको भन्दै विद्यालयहरुले एक अर्कालाई आरोप प्रत्यारोप गरेपछि गाउँपालिकाले कुनै पनि विद्यालयलाई सिल्ड ट्रफि दिएको थिएन ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संचालन निर्देशिका
यस्तो छ, बैठकको निर्णय
कुम्मायक गोल्ड कप चैत ११ देखि, खेल तालिका पनि सार्वजनिक
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा २०८० साल चैत ११ गतेदेखि कुम्मायक रनिङ शिल्ड गोल्डकप संचालन हुने भएको छ । “आठ वटै स्थानिय
यासोकमा तेस्रो कुम्मायक कुस्सायक अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप हुँदै
कबिन्द्र सेर्मा यासोक— पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा कुम्मायक कुस्सायक अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप आयोजना
कुम्मायकमा संचालित पुरुष फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दलाई
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा संचालित पुरुष नकआउट खुल्ला फुट्बल प्रतियोगिताको उपाधि फाइभ स्टार क्लब फाल्गुनन्दले हात पारेको छ

प्रतिकृया दिनुहोस