नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षमा निरौला निर्वाचित, अध्यक्ष बाहेकका सबै पदाधीकारी भने सर्बसहमत चयन
views:-220
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । निर्वाचनमार्फत पालिका कमिटी अध्यक्षमा मेघराज निरौला निर्वाचित हुनुभएको छ ।
गाउँपालिका सङगठन कमिटीको अध्यक्षमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो । निर्वाचनमा आयोजक कमिटीका अध्यक्ष मेघराज निरौला र कुम्मायक गाउँपालिका वडा नम्बर–४ का अध्यक्ष पूर्णकुमार खड्कावीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनमा खड्कालाई पराजित गर्दै निरौला विजयी हुनु भएको हो ।
यसैगरी कमिटीमा अध्यक्ष बाहेकका सबै पदाधीकारी भने सर्बसहमत चयन गरिएको थियो । जसअनुसार कमिटीको उपाध्यक्षमा रिजवन सम्बाहाम्फे, सचिवमा रुपेश शेर्मा र उपसचिवद्वयमा छविकुमारी ढकाल र इन्द्र चेम्जोङ सर्वसहमत चयन भएसंगै कमिटीको संख्या ५१ सदस्यीय छ ।
अधिवेशनमा पाँचथर जिल्ला कमिटि अध्यक्ष राजकुमार भडाण्री, १ नम्बर प्रदेशसभा सदस्य एवं एमाले प्रदेश कमिटी सदस्य आशारत्न जबेगू, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ, उपाध्यक्ष सीता आचार्य सहितका नेताहरुको उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।
अनेरास्ववियु क्रान्तिकारी कुम्मायकको कमिटी गठन, अध्यक्षमा पबित्रा
कबिन्द्र सेर्मा यासोक/ अनेरास्ववियु क्रान्तिकारी कुम्मायक गाउँ पालिका कमिटीको दोस्रो भेलाले पबित्रा चम्लागाइलाई अध्यक्षमा निर्बिरोध चयन
बिकासलाई राजनिति करण गरिनु हुदैन : मन्त्री आङबो
कुमार खड्का यासोक — बिकासलाई राजनिति करण गर्न नहुने प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो मौसमले बताउनु भएको छ
नेकपा एमाले फेदाप गाउँपालिका अध्यक्षमा तिम्सिना सहित ७५ सदस्यीय कमिटि सर्बसम्मत चयन
तेह्रथुम — फेदाप गाउँपालिका स्थित नेकपा एमाले गाउँकमिटीको प्रथम अधिबेसन सम्पन्न भएको छ । अधिबेशनले राम प्रसाद तिम्सिनालाई अध्यक्षमा

प्रतिकृया दिनुहोस