• बुधबार-५-३-२०८३

नेकपा एमाले फेदाप गाउँपालिका अध्यक्षमा  तिम्सिना सहित ७५ सदस्यीय कमिटि सर्बसम्मत चयन

views:-229

तेह्रथुम — फेदाप गाउँपालिका स्थित  नेकपा एमाले  गाउँकमिटीको प्रथम अधिबेसन सम्पन्न भएको छ ।

 

अधिबेशनले राम प्रसाद तिम्सिनालाई अध्यक्षमा सर्बसम्मत रुपमा चयन गरेको छ । यसै गरि उपाध्यक्षमा फिरोद सुब्बालाई चयन गरेको छ भने सचिबमा विशाल खड्का र उपसचिबमा नवीन लिम्बू लाई चयन गरेको नेकपा एमाले जिल्ला सदस्य तथा पालिका अध्यक्ष हरि चोङ्बाङले बताउनु भएको छ ।

 

कुल ७५ सदस्यीय नेकपा एमाले  फेदाप गाउँकमिटी गठन भएको पनि उहाले बताउनु भएको छ । अधिबेशनको खुला सत्रमा नेकपा एमालेका केन्द्रिय निर्बाचन प्रमुख एबम संघिय सांसद बिजय सुब्बाले केही स्वर्थको लिप्तमा लागेका एमाले हु भन्ने हरुले पार्टीमा बिबाद ल्याउन खोजेको बताउनु भयो । अब नेकपा एमाले देशकै शक्ति शाली पार्टी बनाउन सबै कार्यकर्ताको दायित्व भएको उल्लेख गर्नु भयो ।

 

यसै गरि प्रदेश नम्बर १ का उधोग पर्यटन तथा बातावरण निबर्तमान  मन्त्री तथा एमाले जिल्ला अध्यक्ष लक्ष्मण तिवारीले नेकपा एमालेमा अन्य पार्टी छोडेर आउने क्रम पनि बडेको बताउनु भयो ।

अहिले नेकपा एमाले पार्टी  जनताले बुझेर प्रवेश गर्ने लहर बढेको पनि तिवारीले बताउनु भयो ।

कार्यक्रममा पार्टिका प्रदेश सदस्य अनुभुती बम नेपाली, म्याङ्लुङ  नगरपालिकाका मेयर सन्जय कुमार तुम्बाहाम्फे उप प्रमुख पार्बती सानू डागी, नेकपा एमाले जिल्ला कमिटि  सदस्य तथा फेदाप गाउँपालिका अध्यक्ष हरि चोङ्बाङ, एमाले जिल्ला कमिटि  सदस्य तथा उपाध्यक्ष  गिता देबि थापा लगायतका नेताहरुले मन्तब्य राख्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

अनेरास्ववियु क्रान्तिकारी कुम्मायकको कमिटी गठन, अध्यक्षमा पबित्रा 

कबिन्द्र सेर्मा   यासोक/ अनेरास्ववियु क्रान्तिकारी कुम्मायक गाउँ पालिका कमिटीको दोस्रो भेलाले पबित्रा चम्लागाइलाई अध्यक्षमा निर्बिरोध चयन

बिकासलाई राजनिति करण गरिनु हुदैन : मन्त्री आङबो 

कुमार खड्का यासोक — बिकासलाई राजनिति करण गर्न नहुने प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङबो मौसमले बताउनु भएको छ

नेकपा एमाले कुम्मायक गाउँपालिका अध्यक्षमा निरौला निर्वाचित, अध्यक्ष बाहेकका सबै पदाधीकारी भने सर्बसहमत चयन

कुमार खड्का यासोक—  पाँचथरको कुम्मायक गाउँपालिकामा नेकपा (एमाले)को अधिवेशन सम्पन्न भएको छ । निर्वाचनमार्फत पालिका कमिटी अध्यक्षमा मेघराज निरौला