हाङ चेम्जोङ्द्धारा निर्देशित साईमनको तेस्रो लिम्बु गित ‘आन्छि मिम’को भिडियो सार्बजनिक ( भिडियो सहित)
views:-486
यासोक कुमार खड्का — साइमन लिम्बूको तेस्रो गित ‘आन्छि मिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बू भाषाको गीत ‘आन्छि मिम’को म्युजिक भिडियोलाई मंगलबार नखिपोटस्थीत युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
गायिका सुनिता थेगिम र गायक तानाम तान्छो लावतीको स्वरमा रहेको गितमा प्रेमी प्रेमिका विचको माया र स्नेहलाइ बिछोड हुनु पर्दाको पिडाा पोख्न खोजेको धारणालाई गीतमा समेटिएको छ ।
पाँचथरका बिभिन्न पर्यटकिय क्षेत्र साधुटार, सुकेपोखरी हिलेडाडाा लिम्बूजातीहरुको ऐतिहासिक भुमी यासोकमा छायांकन गरिएको म्यूजिक भिडियोको निर्देशन भने हाङ चेम्जोङले गरेका छन ।
भिडियोमा साईमन लिम्बु र बिमला खजुमलाई मुख्य भुमिकामा देख्न सकिने छ भने तानम तान्छो लाओती र झरना सम्बाहाम्फेले पनि अभिनय गरेका छन । यस गितको संगीत जेपी नेम्बाङले गरेका छन भने स्वर तानाम तान्छो लाओती र सुनिता थेगिम, एरेन्ज टेकेन्ऽ यक्सोको रहेको रचनाकार साइमन लिम्बूले जानकारी दिनु भयो । तिलक रिजालको छायांकन, अनिल रानाको सम्पादन, सोम मगरातीको श्रृङ्गार, नागिन धिमालको ड्रोन रहेको भिडियोमा लाईटमा बिनोद पुरी र नाजिर खान रहेका छन् ।
कोभिड कहरको वाबजुद पनि कामहरू गरेर म्युजिक भिडियोलाई बजारमा ल्याउन सफल भएको निर्देशक हाङ चेम्जोङले बताउनु भयो । रचनाकार साइमन लिम्बूले यस अघि पनि आम्बा आम्मा र हिम्धाङ पक्थाङहाङ बजारमा ल्याई सकेका छन ।
म्युजिक भिडियोलाई युटुबमा ( आन्छी मिम आफाल्लाङ मेसिनेन New Limbu Song 2021) र्सच गरेर पनि हेर्न सकिने छ ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नूहोस ।
https://www.youtube.com/watch?v=1PnG2cISXLY
गीतकार तथा निर्देशक चेतन कार्कीको निधन
गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
संगीतकारको रुपमा पनि परिचय दिदैँ गायिका सृष्टी ...
पाँचथर — गायिका सृष्टी हिङमाङले संगीतमा डेब्यु गरेकी छिन् । सृष्टी हिङमाङ र मिथुन शिवाले आवाज दिएको यही गीतबाट उनले आफुलाई संगीतकारको रुपमा पनि
पाँचथरको फाल्गुनन्दमा तीन स्रस्टा सम्मानित ।
यासोक / पाँचथरको फाल्गुनन्द गाँउपालिकाका ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ कार्यक्रम अन्तरर्गत तीनजना साहित्यकारलाई सम्मान सहित पुरस्कृत

प्रतिकृया दिनुहोस