गीतकार तथा निर्देशक चेतन कार्कीको निधन
views:-615
गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
निर्देशक तथा कला समीक्षक प्रकाश सायमीले भने, हिजो दिउँसो अक्सिजनको कमी भएपछि उहाँलाई इमर्जेन्सीमा लगिएको थियो। आज बिहान १० २५ मा उहाँ बित्नुभयो।
दुई हप्ताअघि भारतको देहरादूनबाट काठमाडौं आएका कार्कीलाई ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। उनको जन्म १९९५ कात्तिक २२ गते स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। सैनिक पृष्ठभूमि भएको परिवारमा जन्मेका उनले भारतको देहरादुनमा पढे।
सानै उमेरदेखि नेपाली लोकसंगीत र संस्कृतिमा रुचि राख्ने उनले गीतकार, कवि, निर्देशक र नेपाली लोक(संस्कृतिको अध्येताका रुपमा नाम कमाएका छन्।
परिवर्तनु सिनेमाको पटकथा र गीत लेखेका कार्कीले विश्वास, भूमरी र पहिलो प्रेम सिनेमा निर्देशनसमेत गरेका छन्।
उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।
गीति संग्रह, कथा, कविता र उपन्याससमेत सार्वजनिक गरेका उनका हिन्दी र उर्दू कविता संग्रहसमेत प्रकाशित छन्। उनका दुई छोरा पारस र पंकज कार्की तथा श्रीतमी गंगा कार्की छन्।
हाङ चेम्जोङ्द्धारा निर्देशित साईमनको तेस्रो लिम्बु गित ‘आन्छि मिम’को भिडियो सार्बजनिक ( भिडियो सहित)
यासोक कुमार खड्का — साइमन लिम्बूको तेस्रो गित ‘आन्छि मिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बू भाषाको गीत ‘आन्छि मिम’को म्युजिक
संगीतकारको रुपमा पनि परिचय दिदैँ गायिका सृष्टी ...
पाँचथर — गायिका सृष्टी हिङमाङले संगीतमा डेब्यु गरेकी छिन् । सृष्टी हिङमाङ र मिथुन शिवाले आवाज दिएको यही गीतबाट उनले आफुलाई संगीतकारको रुपमा पनि
पाँचथरको फाल्गुनन्दमा तीन स्रस्टा सम्मानित ।
यासोक / पाँचथरको फाल्गुनन्द गाँउपालिकाका ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ कार्यक्रम अन्तरर्गत तीनजना साहित्यकारलाई सम्मान सहित पुरस्कृत

प्रतिकृया दिनुहोस