• बुधबार-५-३-२०८३

संगीतकारको रुपमा पनि परिचय दिदैँ गायिका सृष्टी ...       

views:-477

पाँचथर — गायिका सृष्टी हिङमाङले संगीतमा डेब्यु गरेकी छिन् । सृष्टी हिङमाङ र मिथुन शिवाले आवाज दिएको यही गीतबाट उनले आफुलाई संगीतकारको रुपमा पनि परिचय दिएकी छिन् । शब्द रचना मिथुन शिवाले गरेका हुन्

तिम्रो छाती भित्र बोल रहेको उक्त गीतका लागि संगीत संयोजन भने सुरथ प्रधानले गरेका छन् । मित्र लामाले रेकर्ड गरेको उक्त गीत सुर संगम स्टुडियो काठमाडौं मा रेकर्ड भएको हो । भिडियोमा सिर्जना निङ्लेखु र पर्शुराम राईले अभिनय गरेका छन् भने बालकलाकारको रुपमा काव्या श्रेष्ठले अभिनय गरेकी छिन् ।

 

भिडियोमा नविन निरौलाले रंग मिलाउने काम गरेका छन् । भिडियोका लागि कुशल श्रेष्ठले निर्देशक, छायांकन र सम्पादनको पुरै जिम्मेवारी सम्हालेका छन् । भिडियो, कलाकार सिर्जना निङ्लेखुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । सृष्टी हिङमाङ लोकप्रिय गीत पुर्वै राइलो” गाएर नेपाली गीत संगीतको दुनियाँमा चर्चित बनिसकेकी गायिका हुन् । उनेले अन्य थुप्रै गीत गाएकी छिन् । सृष्टी र मिथुनले ६/७ महिना अघि लगनगाँठो कसेका थिए ।

साभार :

प्रतिकृया दिनुहोस

हाङ चेम्जोङ्द्धारा निर्देशित साईमनको तेस्रो लिम्बु गित ‘आन्छि मिम’को भिडियो सार्बजनिक  ( भिडियो सहित)

यासोक कुमार खड्का — साइमन लिम्बूको तेस्रो गित  ‘आन्छि मिम’ को म्युजिक भिडियो सार्वजनिक  भएको छ   । लिम्बू भाषाको गीत ‘आन्छि मिम’को म्युजिक

गीतकार तथा निर्देशक चेतन कार्कीको निधन

गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार  निधन भएको हो।

पाँचथरको फाल्गुनन्दमा तीन स्रस्टा सम्मानित ।

यासोक / पाँचथरको फाल्गुनन्द गाँउपालिकाका ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ कार्यक्रम अन्तरर्गत तीनजना साहित्यकारलाई सम्मान सहित पुरस्कृत