पाँचथरको फाल्गुनन्दमा तीन स्रस्टा सम्मानित ।
views:-676
यासोक / पाँचथरको फाल्गुनन्द गाँउपालिकाका ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ कार्यक्रम अन्तरर्गत तीनजना साहित्यकारलाई सम्मान सहित पुरस्कृत गरिएको छ । गाउँपालिकाका पूर्व अध्यक्ष अमर नेम्बाङको ६९ औं जन्म जयन्तीको अवसर पारेर वितरण थालिएको ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान २०७७ ’ बाट तीनजना साहित्यकार पुरस्कृत भएका हुन ।
सो कार्यक्रममा ५० हजार नगद र ताम्रपत्र सहित सुनसरी जिल्लाका प्राध्यापक डाक्टर भीम खतिवडा, ४० हजार र सम्मान पत्र सहित जिल्लाको फिदिम १० का मधुराज केरुङ र अमर नेम्वाङ नव प्रतिभा प्रोत्साहन पुरस्कार मार्फत नगद १० हजार प्रशंसा पत्र सहित फाल्गुनन्द २ की मञ्जु नेम्वाङलाई प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल त्रिखत्रीले बताउँनुभयो ।
स्रष्टा सम्मान कार्यक्रमका प्रमूख अतिथि लालीगुराास नगरपालिका, तेह्रथुमका प्रमुख अर्जुनबाबु माबोहाङ, विशेष अतिथि पूर्व मन्त्री श्री प्रसाद जबेगू, गाँउपालिका अध्यक्ष वीरवहादुर कुरुम्वाङ , नेपाली कांग्रेस पाँचथर सभापति नरेन्द्र केरुङ साहित्यकार प्रकाश थाम्सुहाङ, महेन्द्र विरही लगायतले पुरस्कार,सम्मान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
गाँउपालिकाले स्थापना गरेको ‘स्वर्गीय अमर नेम्वाङ स्रष्टा सम्मान’ गाउँपालिकाकै सेहोनाम्लाङ साहित्य समाजको आयोजना तथा नौलो साहित्यिक बिहान प्रतिष्ठान पाँचथरको सह आयोजनामा स्वर्गीय अमर नेम्वाङको ६९ औं जन्म जयन्तीको अवसर पार्दै फाल्गुनन्द गाँउपालिका केन्ऽ घुर्बिसे पञ्चमीमा पुरस्कार वितरण गरिएको हो ।
नेम्बाङ सोही गाउँपालिकाको पौवासारताप ३ मा जन्मिनु भएको थियो । उहाँ फाल्गुनन्द गाउँपालिकाका निर्वतमान अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँको २०७५ साल माघ २६ गते निधन भएको थियो ।
हाङ चेम्जोङ्द्धारा निर्देशित साईमनको तेस्रो लिम्बु गित ‘आन्छि मिम’को भिडियो सार्बजनिक ( भिडियो सहित)
यासोक कुमार खड्का — साइमन लिम्बूको तेस्रो गित ‘आन्छि मिम’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लिम्बू भाषाको गीत ‘आन्छि मिम’को म्युजिक
गीतकार तथा निर्देशक चेतन कार्कीको निधन
गीतकार तथा निर्देशक चेतन कार्कीको ८३ वर्षको उमेरमा निधन भएको छ। उनको छाउनीस्थित सैनिक अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको हो।
संगीतकारको रुपमा पनि परिचय दिदैँ गायिका सृष्टी ...
पाँचथर — गायिका सृष्टी हिङमाङले संगीतमा डेब्यु गरेकी छिन् । सृष्टी हिङमाङ र मिथुन शिवाले आवाज दिएको यही गीतबाट उनले आफुलाई संगीतकारको रुपमा पनि

प्रतिकृया दिनुहोस