कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
views:-382
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ गाउँसभाले कुम्मायक गाउँपालिकाको भौतिक पुर्बधार तर्फलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरेको हो ।
कुम्मायक गाउँपालिकामा आवस्यकता अनुसार स्वास्थ्य भवन , प्रशासकिय भवन लगायत अन्य भौतिक पुर्बधार निर्माण गर्नु पर्ने हुँदा त्यस तर्फ अलि बढी रकम छुट्टयाइएको कुम्मायक गाउँपालिकाका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनु भयो । अरु पनि प्राथमिकतामा नै रहेको जानकरि दिनु हुदै अध्यक्ष चेम्जोङले क्रमागत हिसाबले प्राथमिकतामा बजेट राखिएको बताउनु भयो ।
संघीय ,प्रदेशको सशर्त अनुदान सहित ३८ करोड ३६ लाख ५४ हजार ५० रुपैया बजेट २०७८/७९ को लागि कुम्मायक गाउँपालिकाले छुट्टयाइएको पनि अध्यक्ष जय बहादुर चेम्जोङले बताउनु भयो । यसै गरि क्रमस सामाजिक बिकास, बन तथा बाताबरण , शुसासन तथा क्षमता बिकास तर्फ प्राथमिकतामा राखेर बजेट छुट्टयाइएको कुम्मायक गाउापालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले बताउनु भयो ।
गाउँसभामा आगामी पालिकाको निती तथा कार्यक्रम पालिका अध्यक्ष जय बहादुर चेम्जोङ र आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पालिका उपाध्यक्ष सिता आचार्यले पेश गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षको लागि कुल ३८ करोड ३६ लाख ५४ हजार ५० रुपैयाको बजेट, विनियोजन ऐन, २०७८ र आर्थिक ऐन,२०७८ सर्वसम्मतिले पारित भएकोे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले जानकारी दिनुभयो ।
आगामी आर्थिक वर्ष २०७८/७९ का लागि पेश गरिएको निती तथा कार्यक्रम र बजेट सहित
कुम्मायक गाउँपालिका, यासोक, पाँचथर
नीति तथा कार्यक्रम
नवौ गाउँसभा, २०७८।०३।१०
उपाध्यक्षज्यु
प्रमुख प्रशासकिय अधिकृत
सभासदज्युहरु
सबै राष्ट्रसेवकहरु ।
कुम्मायक गाउँपालिकाको यस नवौ गाउँसभामा उपस्थित सभासदज्यूहरुमा कुम्मायक गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट न्यानो अभिवादन व्यक्त गर्न चाहन्छु ।स्थानीय तहको रुपमास्थापना भएपश्चातनवौ गाउँसभामा आर्थिक वर्ष २०७८।०७९ को नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने क्रममालोकतन्त्र तथा संघिय शासन प्रणालीको स्थापनाका निम्ति भएका सबै प्रकारका जनआन्दोलनहरुमा आफ्नो जीवन उत्सर्ग गर्ने महान शहिदहरु र कौभिड १९ संक्रमणका कारण मृत्यु बरण गर्ने सबैमा भावपूर्ण श्रद्धाञ्जली र संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।
आज हामी विश्वव्यापी रुपमा देखिएको कारोना भाईरस एवं कोविड १९ को महामारीका बीचप्रतिकुल परीस्थितिका बाबजुदउपस्थित भएका छौ । हामी सामान्य अवस्थामा छैनौ । सम्पूर्ण विश्व नै संक्रमणले आक्रान्त छ र यसका विरुद्ध लडिरहेका छौ । यस विषम परीस्थितिमा सहयोग गर्नुहुने सरकारी गैर सरकारी संघ संस्था नागरिक समाज, राजनीतिक दलहरु एवं स्वत स्फुर्त रुपमासहयोग गर्नुहुने व्यक्तिहरु लगायत अग्रभागमा रहेर कार्य गर्नु हुनेसबै मित्रहरुलाइ धन्यवाद भन्न चाहन्छु । यस महामारी विरुद्ध एक भएर साबधानी अपनाइपूर्ण रुपमा स्वास्थ्यका मापदण्डहरुको पालना गरी दैनिक कार्यहरु संचालनमाउच्च सतर्कता अपनाउन हुन सबैमा अनुरोध गर्दछु । साथै खोपको उपयोग गर्न सके मात्र विजय प्राप्त गर्ने सकन्छि भन्ने कुरालाइ आत्मसाथ गर्दै सबै कुम्मायकबासीहरुलाइ खोप लगाउनका लागि संबन्धित निकायमा पहल गरिने छ ।
सभासदज्युहरु,
नेपालको संविधान, २०७२, यसमा उल्लिखित जनताका मौलिक हक र निर्देशक सिद्धान्तहरु, दिगो विकास लक्ष्यले समेटेका विषयवस्तुहरु, संघीय सरकारको पन्ध्रौ पञ्चवर्षिय योजना, नीति तथा कार्यक्रम र बजेट, १ नं. प्रदेश सरकारको आर्थिक वर्ष २०७८।०७९ नीति तथा कार्यक्रम,स्थानीय सरकार संचालन ऐन २०७४ र बजेट साथै स्थानीय निर्वाचन ताका हामीले जारी गरेका घोषणापत्र र गरेका प्रतिवद्धताहरु नै हाम्रा नीति, योजना तथा कार्यक्रम तर्जुमाका मार्गदर्शन हुन । त्यसका अतिरिक्त हाल विश्वव्यापी रुपमा देखिएको कोरोना भाईरस (कोविड १९) को संक्रमण रोकथामका लागि आवश्यक कार्यहरु गर्नु हाम्रो प्राथमिक दायित्वको रुपमा रहेको छन ।
“सामाजिक आर्थीक विकासको पूर्वाधार समृद्ध कुम्मायक गाउँपालिकाकोे आधारः’ भन्ने मूल मन्त्रका साथ तयार गरिएको आवधिक योजनालाइ मुर्त रुप दिन र यस गाउँपालिकाका वासिन्दाहरुलाई परिवर्तन र विकासको अनुभुति दिलाउन गाउँपालकाले प्रयास गरिरहेको छ । विगतको तुलनामा यस क्षेत्रको स्वास्थ्य, शिक्षा, सडक, विजुली, आवास, शहरी विकास, खानेपानी तथा सरसफाई, सिचाई, पर्यटकीय पुर्वाधार विकास, कृषि तथा पशुपालनको क्षेत्रमा परिवर्तनका संकेतहरु देखिन थालेको हाम्रो ठम्याई छ । हाम्रा आवश्यकताहरु असिमित छन् तर हामी संग श्रोत साधन सिमित छन । स्थानीयस्तरबाट ठुलो आयतनको आन्तरिक राजस्व संकलन गर्न सक्ने सम्भावना न्युन छ । अतः संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदानहरु नै हाम्रो खर्चका श्रोत भएकोले सो को प्राथमिकताका आधारमा अधिकतम प्रतिफल प्राप्त हुने क्षेत्रमा विनियोजन गर्नुपर्ने चुनौति रहेको छ ।
सभासद ज्यूहरु
गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७८।०७९ को मुख्य नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक बिकास
कृषि तथा पशुपंक्षी
१. अधिकांश गाउँपालिकावासीहरु कृषि तथा पशुपालन पेशामा आवद्ध किसानहरुले कृषी पेशालाइ निर्बाहमुखी मात्र भएकोमा व्यवसायीकरणका प्रोत्साहनको व्यवस्था गरी आर्थिक सामाजिक परिवर्तन र जनताका जीवनस्तर अभिवृद्धि हुनेकार्यक्रमहरु संचालन गरिनेछ ।
२.उत्पादन र उत्पादकत्व वृद्धिमार्फत रोजगारी सिर्जना गर्न कृषि तर्फ वडा नं १ मा अदुवा र बाख्रापालन वडा नं २ मातरकारी÷अदुवा र बेसारवडा नं ३मा ताजा तरकारीखेती वडा नं ४ मा फलफुल, बंगुर र बाख्रा पालन वडा नं ५ मकै, तरकारी र अदुवाउत्पादन पकेट कार्यक्रम अन्तरगतव्यवसायीकरणमा रुपान्तर गर्ने कार्य प्रभावकारी रुपमा संचालन भइ रहेकोमा सोलाइ निरन्तरता दिइने छ ।
३. कृषिलाइ यान्त्रिकरण गर्नका लागि आधुनिक कृषी मेसिन औजारहरु तोकिएको अनुदानमा वितरण गरिने छ ।
४ सर्ब साधारण उत्पादकत्व बृद्धी गर्न किसानहरुलाइ प्लाष्टीक पोखरी, टनेल, रसाइनिक मल, बिसादीहरुमा तोकिएको अनुदानमा उपलब्ध गराउने कार्यक्रमलाइ निरन्तरता दिइने छ ।
५ स्वस्थ्य पशु स्वस्थ उत्पादनअनुसार पशुहरुलाइ निरोगी हुनका लागि गोठ सुधार र पौष्टिक आहारा र औषधीमा दिइदै ब्एको अनुदानको कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
६. पशुसेवालाइ घरदैलो मै सेवा दिन साबिक सबै वडाहरुमा ट्रेडिज(पशुलाइ उपचारका लागि बनाइने खोर) निर्माण गरिनेछ । चालु आ. व. मा ५ वटा निर्माण गरिनेछ ।
पर्यटन
७. संघीय सरकारले घोषण गरेको प्रमुख गन्तब्यहरु मध्ये यस गाउँपालिका क्षेत्रभित्र रहेको धार्मिक एवं ऐतिहासिक स्थलकुम्मायक, कुस्सायकको समेत रहेकोमा सो को प्रबर्धन एवं बिकासका लागि संघीय सरकारको साझेदारीमा कार्यक्रम संचालन गर्न स्वीकृत भइ भौतिक पूर्वाधारहरु निर्माणका लागि बोलपत्र आह्रवानको चरणमा रहेकोले छ । गाउँपालिका भित्र रहेका अन्य पर्यटकीय स्थलहरुको अध्ययन अनुसन्धानकाकार्य गरिनेछ ।
सहकारी
८ सहकारीहरुको संस्थागत विकास एवं प्रबिधिमैत्री बनाउनका लागि गाउँपालिकामा रहेका सबै रहकारीहरुलाइ लेखा व्यवस्थापन तालिम सचालन गरिने छ ।
९ महिला कृषी सहकारीहरुको क्षमता एवं सस्थागत विकासका लागि आधाभूत कम्प्युटर तालिमको संचालन गिरनेछ ।
लघु उद्दम कार्यक्रम र स्वजगार सिर्जना
१० गत बिगत देखी संचालन हुदै आएको उद्यमशिलता कार्यक्रम संघीय सरकारको श सर्त अनुदानमा निरन्तरता दिइनेछ । कार्यक्रमबाट सीप सिकी उद्यमी भएकाहरुलाइ गाउँपालकिाबाट प्रोत्साहन गरिनेछ ।
११प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत वेरोजगार सुचिमा सुचिकृत वेरोजगार व्यक्तिहरुलाई उपलब्ध गराउनुपर्ने न्युनतम १०० दिनको रोजगार कार्यक्रम संघीय सरकारको श सर्त अनुदानमा प्राप्त कार्यक्रमलाइ निरन्तरता दिदै कार्यबिधि अनुसार थप व्यवस्थापन गरिनेछ ।
१२ विदेशबाट फर्कने युवा तथा बेरोजगार युवा वर्गलाई लक्षित गरी उद्यमशिलता प्रवद्र्धन तालिम दिई स्वरोजगारमा संलगन हुन किस्तावन्दीरुपमा आर्थिक प्रबर्धनात्मक कार्यक्रम संचानल गरिनेछ ।
सामाजिक बिकास
स्वास्थ्य
१३. कोराना भाईरस तथा कोविड १९ को महामारीले सिर्जना गरेको संकटबाट यस गाउँपालिकालाई मुक्त गर्नु गाउँपालिकाको मुख्य दायित्व भएकोले संक्रमण रोकथामका निम्ति सम्बन्धित सरकारी तथा गैरसरकारी संघ संस्था र नागरिक समाज राजनीतिक दलहरु सँग नियमित समन्वयमा गरिनेछ । सम्भावित प्रकोपको सामना गर्न गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषलाई सुदृढ अवस्थामा राखि कोष्को संचालनलाइ पारदर्शी र सबैको पहुच पुग्ने गरी परिचालन गरिनेछ ।
१४. स्वास्थ्य संस्थाका भौतिक संरचना निर्माणका कामलाई निरन्तरता दिदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्न र गरीब असहाय सबैको स्वास्थ्य सेवामा पहुच कायम गरिनेछ । कोभिड १९ बाट संक्रमित भइ थप उपचारका लागि गाउँपालिकाबाट बाहिर लैजानु परेमा यातायात खर्च र भेन्टीलेटर वा आइ सि यु मा राखी उपचार गर्नू पर्ने भएमा यातायात र उपचार खर्च बापत दिइदै आएको उपचार सहयोग कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
१५ सबै स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर स्थापना गर्ने योजना अनुसार यो वर्ष थप एक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर संचालनमा ल्याइनेछ साथै खोपकेन्द्र भवन निर्माणलाइ निरन्तरता दिइनेछ ।
१६. नेपाल सरकार र युनिसेफ लगायतको सहयोग र साझेदारीमा सञ्चालित बहुक्षत्रीय पोषण कार्यक्रमलाई थप प्रभावकारी र नतिजामुखी बनाई सुनौला हजारदिने आमा तथा शिशुहरुको स्वास्थ्य तथा पोषण स्तरलाई अभिवृद्धि गरिनेछ ।
१७. गुणस्तरीय स्वास्थ्य सेवामा सबैको पहुंच सुनिश्चित गर्न स्वास्थ्य संस्थाहरुलाई श्रोतसाधन सम्पन्न तुल्याई स्वास्थ्य सेवाको पहुच बाहिर रहेका सीमान्तकृतगरीब, असहाय नागरिकलाई स्वास्थ्य संस्थाको पहुंचभित्र ल्याईनेछ ।
१८ १ नं प्रदेशको समपूरक अनुदानबाटवडा नम्बर ४ तिङदेनमा स्वास्थ्य चौकी भवन नर्मिााणको काम संपन्न हुने अवस्थामा रहेको छ ।
१९ संघीय सरकारको श सर्त अनुदानमा १५ सैयाको अस्पताल यस गाउँपालकिाको केन्द्र यासोकमा निर्माण कार्यका लागि बोलपत्र आह्वान गरि सकिएको छ ।
शिक्षा
२०. सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या वृद्धी र नियमित गर्न सरोकारवाला पक्ष अभिभावक जनप्रतिनिधि शिक्षक तथा कर्मचारीहरुसंग अन्तरक्रीया एवं छलफल गरिनेछ ।
२१.गुणस्तरीय विद्यालय शिक्षकका लागि शैक्षिक क्षेत्रको भौतिक पुर्वाधार बिकास र समय सापेक्ष प्रविधिमैत्री शिक्षण पद्धतिलाई अवलम्बन गर्न जोड दिईनेछ ।
२२कोविड १९ को प्रकोपका कारण प्रभावित रहेको समग्र शिक्षा क्षेत्रको व्यवस्थापनको निम्ति आवश्यक कार्यहरु गरिनेछ ।
२३ संघीय एवं प्रदेश सरकारको श सर्त एवं समपूरक अनुदानबाट विद्यालयका भौतिक पूर्वाधारका कार्यहरु संचालन गरिनेछन् ।
खानेपानि तथा सरसफाइ
२४ . खानेपानीको सुनिश्चितताका लागि तमोर पम्पिङ, डिप बोरिङ लगायत स साना खानेपानी योजनाहरुलाई एक द्वार प्रणालीबाट संचालन गर्न आवश्यक पहल गरिनेछ ।
२५ . सबै वडाका मानिसहरुलाइ सपmा र स्वच्छ खानेपानिका लागि पानि शुद्धिकरण सहति थप व्यवस्थापनका लागि प्रदेश र संघीय सरकारसंग समन्वय गरिनेछ ।
भाषा संस्कृती प्रबर्धन
२६ . यस गाउँपालिका भित्र संचालित स्थानीय सरकार मार्फत संचालित सबै कार्यालयहरुको बोर्ड देवनागरिक र सिरिजङ्गा लिपिमा लेख्ने व्यवस्था मिलाइनेछ ।
२७ . हाल बिभिन्न विद्यालयहरुमा अध्ययन अध्यापन भइरहेको स्थानीय लिम्बु भाषको पाठ्यक्रम स्वीर्कत गरी सोही पाठ्यक्रम अनुसारको पुस्तक प्रकाशन गरी लागु गरिनेछ ।
खेलकुद तथा मनोरञ्जन
२८. स्वास्थ्यका एवं मनोरञ्नका लागि खेलकुद भन्ने नाराका साथ युवा वर्गमा अनुशासन र जिम्मेवारीवोध को भावना जागृत गराई समग्र गाउँपालिका क्षेत्रका युवाहरुमा सकारात्मक सोचको विकास गर्न गाउँपालिका क्षेत्रभित्र वडास्तर र पालिका स्तरमा विभिन्न प्रकारका खेलकुद प्रतियोगिता आयोजना गरिनेछ।
२९. विद्यालय स्तरबाटै खेलकुद क्षेत्रको चौतर्फि विकास गर्न सघीय सरकारबाट राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता संचालनका लागि श सर्त अनुदानमा बजेटको ब्यवस्था गरेकोले सोलाइ ब्यवस्थित रुपमा संचालन गरिने छ ।
लैङ्गिक समानता तथा सामाजिक समाबेसिकरण
३०१ नं. प्रदेश सरकार, करुणा फाउन्डेशन र गाउँपालिका बीचको साझेदारीमा शुरुभएको अपांगता रोकथाम तथा पुनसर््थापना कार्यक्रम निरन्तरता पाउनेछ ।
३१ गाउँपालिकालाइ बाल मैत्री पालिका घोषण गर्ने लक्ष अनुसारयस वर्ष वडा नं १ लाइ वालमैत्री वडा घोषणा गरी अन्य वडाहरुलाइ पनि क्रमश घोष्ण गर्दै लगिनेछ ।
३२. दलित महिला ज्येष्ठ नागरिक र अपाङहरुको विभिन्न समुह, संघ संस्थाहरुको माध्यमबाट सामाजिक संरक्षण तथा सशक्तिकरण कार्यक्रम मार्फत मुलप्रवाहिकरणका लागि श शक्तकिरणका कार्यहरु गरिनेछ ।
३३. युवा तथा महिलाहरुलाई आत्मनिर्भर र स्वरोजगार तुल्याउन लघु उद्यम तथा उद्यम प्रबद्र्धन कार्यक्रम संचालन गरिनेछ ।
३४. संघिय सरकार र प्रदेश सरकारको फुसको छानोलाई विस्थापित गर्ने नीति अनुरुप यस गाउपालिकाले समेत सो कार्यलाई टेवा पु–याउने गरि कार्यक्रम तर्जुमा लागु गरेकोमा सो कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
भौतिक पुर्वाधार क्षेत्र
सडक तथा झोलुङ्गे पुल
३५. पटक पटकको हाम्र प्रयास पछी कुम्मायक गाउँपालिकाको धेरैक्षेत्र हुदै जाने उत्तरे –यासोक–लुभुघाटसडकको कालपत्रे तथा स्तरोन्नती कार्यमा संघीय सरकार मार्फत बोलपत्र आह्वान गरि कार्यान्वयनको चरणमा गएको छ ।
३६. पालिकाको सदरमुकाम जोड्ने पक्की सडकका लागी गरेको प्रयास स्वरुप १ नं प्रदेश सरकारको लागनीमा सरखण्डे –यासोक जोडने सडक कालोपत्रेको कार्य कार्यान्वयन भइरहेकोछ ।
३७. गाउँपालिकाका सबै टोल वस्तीहरु सडक सञ्जालमा जोडिसकेको परिप्रेक्ष्यमा नयां ट्रयाक निर्माण कार्यलाई निरुत्साहित गरी विद्यमान रहेका सडकहरुको वर्गिकरण गरी दोहोरो लगानी नपर्ने गरी सडक स्तरोन्नती कार्य गरिनेछ र स्थानीयस्तरका ग्रामिण सडकहरुको संरक्षणमा सम्बन्धित क्षेत्रका उपभोक्तालाई जिम्मेवार बनाइ सडकहरु नियमित प्रयोग गर्न सकिने अवस्था रहेकोलेसडकहरुको नियमित मर्मत सम्भार गर्न थालनी गरिनेछ ।
३८ . स्थानीय सडकहरुको मर्मत संभार एवं स्तरोन्नतीका कार्यहरु एवं भवन वा कुनै प्रकारको भौतिक संरचना निर्माण गर्दा १० लाख सम्म लागत भएका उपभोक्ता समिति मार्फत सो भन्दा माथि भए बोलपत्र वा दर भाउपत्रबाट कार्यान्वयन गरिनेछ तर सो भन्दा बढी लागत भएका आयोजनाहरु अधिकतम मानिसले नै गर्नु पर्ने प्रकृतिका कामहरु भएमा वा जनश्रमदान परिचालन गर्नु पर्ने भएमा गाउँपालिकाको निर्णयले उपभोक्ता समिति मार्फत गर्ने व्यवस्था मिलाइनेछ साथै मेसिन औजार प्रयोग गर्नु पर्ने प्रकृतिको काम भएका १० लाख भन्दा साना आयोजनाहरु भएमा त्यस्ता आयोजनाहरु समेत बोलपत्र वा दरभाउपत्रबाट संचालन गरिनेछ ।
३९ भौतिक पूर्वाधार निर्माण गर्दा संघीय एवं प्रदेश सरकारले जारी गरेका नियम एवं प्रचलित कानून बमोजिम वातावरणमैत्री कार्यलाई प्राथमिकता दिइनेछ ।
४० मोटरेबल स्थानीय सडकहरुको राइट वे कायम गरि सडक क्ष्ोत्रको नाप नक्सा गरी कित्ताकाटको कार्य थालनी गरिनेछ ।
सिचाइ
४१. गाउँ पालिका भित्र रहेका सचिाइ कुलो हरुको मर्मत संभारलाइ निरन्तरता दिइनेछ ।
४२. वडा नं ३ मा तमोर लिफ्टीङ आयोजनाको काम थालनी गरिनेछ ।
भवन तथा सहरी विकास
४३. गाउँपालिकाको नियमित सेवाप्रवाहका निम्ति संघीय सरकारले तोकेको मापदण्ड अनुसारको जग्गाको व्यवस्था गरी प्रशासकीय भवन निर्माणको कार्य शुरुवात गरिनेछ ।
४४. सबै वडाका विभिन्न स्थानमा निर्माण सम्पन्न नभएका जनभवन तथा सभाहलहरुकोअधुरो कार्यहरुलाइ क्रमश संपन्न गर्दै लगिने छ ।
४५. पालिकाको संस्थागत बिकासका लागी यासोक बजार क्ष्ोत्र रानीगाउँ टोलमा रहेको जग्गामा गाउँपालिकाको लगानीमा प्रशासकीय भवन निर्माण कार्यको थालनी गरिनेछ ।
वन वातावरण तथा बिपद् व्यवस्थापन
वातावरण संरक्षण
४६ वन तथा वातावरणलाइ जोगाइ राख्नका लागि भौतिक संरचना तयार गर्दा क्षती हुन गएका स्थानमा पून बोट बिरुवाहरु लगाउन वा वायो इन्जिनियरींको लागि नर्सरी स्थापनागरी संचालन गरिनेछ ।
विपद् व्यवस्थापन बारुणयन्त्र संचालन
४७ सुख्खा क्षेत्र भएको हुदाँ बिपद्को समयमा घाइतेहरुको ओसार पसार गर्नका लागि एवं बिरामी गाउँपालिका भित्र वा बाहिर लैजानका लागि एम्बुलेन्स सेवा संचालन गर्न अति आवश्यक भएकोले एक एम्बुलेन्स खरिद गरी संचालनमा ल्याइने छ ।
४८ बिपदको समयमा सहयोगीको रुपमा कार्य गर्ने नेपाल रेडक्रस सोसाइटी उपशाखा यासोक हाल आर्थीक अभावका कारण निश्क्रीय रहेकोलाइ सक्रीय बनाउदा सहयोगी भूमिका एवं स्वयंसेवक परिचालन गर्न सहज हुने हुदा सो संस्थाको कार्यालय व्यवस्थापनमा सहयोग गरिनेछ ।
सुशासन तथा सेवा प्रवाह
सामान्य सेवा
४९कार्यालयको दैनिक प्रशासन एवं बिकाससंग सम्बन्धीत श सर्त अनुदानबाट तलब भत्ता भुक्तानी हुने बाहेकका सबै प्रकारका कर्मचारीहरुको २०७८ श्रावण १ गते देखी लागु हुने गरी मासिक २ हजार रुपैयाको दरले तलब बृद्धी गरिनेछ ।
५०संघीय वा प्रदेश सरकारबाट श सर्त एवं अन्य कुनै प्रकारबाट तलब भत्ता भुक्तानी हुनेको हकमा संघीय वा प्रदेश सरकारबाट तोकेकोमा सोही अनुसार हुनेछ तर श सर्त अनुदानबाट तलब भत्ता भुक्तानी हुने गरी नियुक्त कुनै कर्मचारीहरुको संघ वा प्रदेशले कुनै प्रकारको तलब वा अन्य सुबिधा नबढेमा वा थप नभएमा त्यस्ता कर्मचारीहरुलाइ गाउँपालिकामा कार्यरत कर्मचारीहरुको सरह बृद्धी गरिनेछ ।
सूचना प्रबिधि
५१गाउँपालिका तथा अन्तर्गतका निकायबाट प्रवाह हुने सेवालाई चुस्त, दुरुस्त तथा प्रभावकारी तुल्याउन सुचना प्रविधिको प्रयोगलाई जोड दिईनेछ ।
५२आर्थिक वर्षबाट शुरु भएको सुत्र (लेखा) प्रणाली र पाम्स (जिन्सी) संचालनमा रहेकोमा सो निरन्तर संचालन गरिनेछ ।
५३. गाउँपालिकाबाट हुने प्रशासनिक तथा प्राविधिक कार्यलाई थप प्रतिफलयुक्त र प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयर तथा आधुनिक औजारसबै वडामा प्रबन्ध गरी वडाहरुबाट प्रदान गरिने सेवाहरु व्यक्तिगत घटना दर्ता, दर्ता चलानी, बिभिन्न प्रकारका सिफारिसहरु अनलाइन एवं सफ्टवेर मार्फत हुने व्यवस्था मिलाइनेछ ।
पञ्जिकरण व्यवस्थापन तथा सामाजिक सूरक्षा
५४.बैकिङ प्रणाली मार्फत सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई निरन्तरता दिइने छ ।
५५. राष्टिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सुदृढिकरण कार्यक्रम मार्फत सम्पूर्ण पुराना अभिलेखहरुको डिजिटलाईजेसनलाइ निरन्तरता दिइनेछ ।
स्थानीय तथ्याङ्क संकलन र अभिलेख
५६. गत बिगत आ व मा संचालन गरेका समग्र आयोजनाहरुको संकलन एवं एकिकृत गरि कुम्मायकको प्रगति संबन्धी एक पुस्तक प्रकाशन गरिनेछ ।
५७. विद्युतीय माध्यमबाट गाउँपालिकाकोचिनारी एवं प्रचार प्रसारका लागि गाउँपालिकाको बृहत्तर बिषयहरुलाइ समेटेर एक बृत्त चित्र तयार गरिनेछ ।
सुशासन प्रबर्धन
५८. गाउँपालिकाले गरेका कार्यहरुलाइ आम नागरिकहरुलाइ जानकारी गराउन र दैनिक कार्यहरुमा कमजोरी भए सो समेत उजागर हुने गरीसार्बजनिक सुनुवाइ कार्यक्रमको थालनी गरिनेछ ।
५९. गाउँपालिका र अन्तर्गतका कार्यालयहरुमा भए गरेका गतिविधिहरु नगरिकहरुलाइ रेडियो कार्यक्रम मार्फत कार्यालयले प्रदान गर्ने सेवाका सम्बन्धमा सुसुचित गरिने छ ।
अनुसन्धान तथा विकास
६०.यस गाउँपालिका भित्र रहेका प्राकृतिक एवं धार्मिक सांस्कृतिक संपदाहरुको अनुसन्धान एवं खोजी गर्ने कार्यको थालनी गरिने छ ।
अन्य
६१भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तर्गत सुरु भएको गरिव घरपरिवार परिचय पत्र वितरण कार्यक्रमलाई संघीय सरकार मार्फत पूरा गर्नका लागि पहल गरिनेछ ।
.६२. गाउँपालिकामा रहेको न्यायिक समितिको कार्यचापलाई कम गर्न र स्थानीय स्तरमा विवाद तथा असमझदारीको व्यवस्थापन गर्न वडा वडामा रहेका मेलमिलाप समितिलाई सक्रिय गराईनेछ
६३. यस गाउँपालिकको समृद्धिमा दिर्घकालिन महत्व राख्ने तमोर जलाशययुक्त जलविद्युत आयोजनाको शिघ्र कार्यान्वयनका निम्ति सम्बन्धित निकायमा निरन्तर पहल पैरवी गरिनेछ ।
६४ नेपाल जन उद्दार संघ स्थानीय साझेदार संस्था मार्फत संचालन हुने सुआहारा कार्यक्रम अन्तरगत संचालित कार्यक्रमलाइ निरन्तरता दिइनेछ ।
६५.गत बिगत गा बि स देखी गाउँपालिका सम्म म ले प बाट औल्याएका बेरुजुहरु अशुली गर्नु पर्ने असुलि गर्ने, नियमित गर्नु पर्ने भए नियमित गर्ने कार्यलाइ निरन्तरता दिइ बेरुजु न्युनिकरणमा जोड दिइनेछ ।
अन्तमा,
यस कुम्मायक गाउँपालिकाको विकास र समृद्धिका निम्ति हामी निर्वाचित जनप्रतिनिधिहरु सदा इमान्दार र प्रतिवद्ध भई लागि परेका छौ । यस यात्रामा गाउँपालिका भित्र वा बाहिर रहेरनियमितरुपमा सल्लाह सुझाव दिनुहुने एवं साथ सहयोग गर्नुहुनें संघीय सरकार, प्रदेश सरकार, राजनीतिक दलहरु, अग्रज नेतृत्वगण,बिभिन्न तहका जनप्रतिनिधिहरु, नागरिक समाज, संघसंस्थाका प्रतिनिधिहरु, कर्मचारी तथा सुरक्षाकर्मी र संचारकर्मी लगायत सम्पुर्ण जिल्लावासी एवं गाउँपालिकावासी महानुभावहरुमा हार्दिक आभार प्रकटका साथ यो नीति तथा कार्यक्रममा सभासदज्युहरुबाट उपयुक्त एवं उचित सल्लाह सुझाबको अपेक्षा समेत गर्दछु । धन्यवाद
जयबहादुर चेम्जोङ
अध्यक्ष
मिति२०७८ आषाढ १० गते
पालिका उपाध्यक्ष सिता आचार्यले पेश गर्नुभएको आगामी आर्थिक वर्ष २०७८/७९ को अनुमानित बजेट
| कुम्मायक गाउँपालिका | |||||
| गाउँकार्यपालिकाको कार्यालय | |||||
| यासोक, पाँचथर | |||||
| आ.व. २०७८।०७९ अनुमानित आम्दानी | |||||
| बित्तिय समानीकरण (संघ) | ८५३००००० | ||||
| राजस्व बाडफाड (संघ) | ६२३९२००० | ||||
| बित्तिय समानीकरण (प्रदेश) | ४७४६००० | ||||
| राजस्व बाडफाड (प्रदेश) | २८७४०५० | ||||
| अ.ल्या.मौज्दात | ३००००००० | ||||
| आन्तरिक श्रोत | ६२००००० | ||||
| जम्मा | १९१५१२०५० | ||||
| समपुरक अनुदान संघ | ० | ||||
| समपुरक अनुदान प्रदेश | १००००००० | ||||
| शसर्त अनुदान संघ | १८०९००००० | ||||
| शसर्त अनुदान प्रदेश | १२४२००० | ||||
| कुल जम्मा बजेट | १९२१४२००० | ||||
| ३८३६५४०५० | |||||
समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको
पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा
महिला सहकारी संस्थाको भवन उद्धघाटन सहित साधरण सभा सम्पन्न
पाँचथर— कुम्मायक गाउँपालिका वडा नं. ३ स्थित सृजनसिल महिला सहकारी संस्थाको दोस्रो साधरण सभा सम्पन्न भएको छ । हालै सम्पन्न भएको सहकारीको आफ्नै

प्रतिकृया दिनुहोस