पाँचथरको कुम्मायक गाउँपालिकामा दुई हप्तासम्म सवारी साधन बन्द हुने ।
views:-984
रमेश थापा
यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा दुई हप्तासम्म सवारी साधन बन्द हुने भएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिका भित्रने बाहिरीने ऐम्बुलेन्स, बिरामी बोकेका सवारी साधन र पूर्वस्वीकृति लिएका सवारी साधन बाहेकका सबै सवारी साधन भदौ ९ देखि २४ गतेसम्मको लागि बन्द गर्ने निणर्य गरिएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताउँनुभयो । सवारी साधनले भीडभाड बढाएको छ । यस्तो अवस्थामा उच्च जोखिम भएकाले दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे सवारी साधन पूर्ण रुपमा रोक लगाइएको चेम्जोङको भनाइ छ । छिमेकी जिल्लामा संक्रमणको दर दिनप्रतिदिन बढ्दै जान थालेको भन्दै गाउँपालिकामा संक्रमणको भयावह अवस्था आउन नदिन यस्तो निणर्य गरेको जनाएको छ ।
त्यस्तै सरकारी तथा गौरसरकारी कार्यालयमा सेवाग्राहीहरुले माक्स लगाएर मात्र कार्यालय प्रवेश गर्न पाउँने भएका छन । ब्यापार व्यावसाय संचालन गर्दा माक्सको प्रयोग गरी सामाजिक दुरी कायम गर्ने जस्ता निर्णयहरु समितिले गरेको छ ।
समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको
कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ
पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा

प्रतिकृया दिनुहोस