पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घट्यो ।
views:-693
यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाईएको हो । यस अघि न्यनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो । तर त्यसलाई घटाएर न्युनतम महसुल २ सय ५० रुपैयाँ पुर्याईएको छ । सोमबार तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको कार्यलयमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । महसुल परिमार्जन गर्न यस अघिनै समितिले कार्यादल गठन गरेको थियो । गठित कार्यदलको प्रतिवेदनको आधारमा खानेपानीको महसुल घटाइएको समितिका महासचिव अमरसिंह थापाले बताउँनुभयो ।
तमोर लिफ्ट खानेपानी उपभोग गर्दै आएका उपभोक्ताहरुले ३ हजार लिटर पानी प्रयोग गर्दा २ सय ५० रुपैयाा महसुल बुझाउँनु पर्ने हुन्छ । ३ हजार देखि ६ हजार लिटर पानी प्रयोग गर्दा पुरानै महसुल कायम भएको छ । तर ३ हजार भन्दा कम पानी प्रयोग गर्दा भने २ सय ५० रुपैयाँ बुझाउँनु पर्ने थापाको भनाइ छ ।
सुख्खाक्षेत्रका आर्थिक रुपमा बिपन्न र एकल परिवारको लागि यो निणर्यले राह्रत पुग्ने समितिका कार्यवाहक अध्यक्ष तथा कार्यदलका सम्योजक मेघराज निरौलाले बताउँनुभयो । यस अघि महसुल बढि भएको भन्दै जनगुनासो बढ्न थालेपछि कार्यादल गठन गरिएको थियो । बिपन्न र एकल परिवारले गुनासो गरेपछि महसुलमा फेरबदल गर्नु परेको निरौलाको दावि छ । सो बैठकमा तमोर लिफ्ट उपभोक्ता समितिका पदाधिकारी, निर्माण कम्पनी र खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्राविधिक लगायतको उपस्थीतिमा बैठक बसेको थियो ।
समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेद्धारा पाँचथर एफ.एम लाई कम्प्युटर प्रदान
यासोक— पाँचथर कुम्मायक गाउँपालिका (४ निबासी समाजसेबि तथा निर्माण ब्यबसायी रन्जन सम्बाहाम्फेले पाँचथर एफ । एम लाई कम्प्युटर प्रदान गर्नु भएको
कुम्मायक गाउँपालिकाको बजेट ३८ कारोड ३६ लाख, ५० हजार ( निति कार्यक्रम सहित बजेटको पुर्णपाठ )
यासोक— पाँचथरको कुम्मायक गाउँपालिकाले यो आर्थिक बर्षका लागि भौतिक पुर्बधार लाई प्राथमिकतामा राखेको छ । बिहिबार सम्पन्न गाउँपालिकाको नबौ
पाँचथरमा एक जना कोरोना संक्रमितको मृत्यु
फिदिम । पाँचथरमा एक जना कोरोना संक्रमितिको मृत्यु भएको छ । फालेलुङ गाँउपालिका वडा नं. २ का ६० बर्षिय जित बहादुर अधिकारीको गएराती पाँचथर अस्पतालमा

प्रतिकृया दिनुहोस