• बुधबार-५-३-२०८३

किसानलाई सम्मान सहित पुरस्कार

views:-131

मिक्लाजुङ— पाँचथरको मिक्लाजुङ गाँउ पालिकाका १ सय ७२ जना किसानलाई गाँउ पालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

 

गाँउ पालिकाले आफ्नो एघारौं गाँउ सभाको अवसर पार्दै यत्तिका किसानलाई प्रदेश नम्बर १ का सम्मान सहित पुरस्कृत गरेको हो । 

 


कार्यक्रममा ४० मुरी भन्दा धेरै धान फलाउने ८१ जना, २२ फुट लम्बाइ र ४ फुट उचाइ भएको थाङग्राभरी मकै फलाउने १६४ जना र ३५ मन भन्दा धेरै आलु फलाउने २७ जना किसानलाई सामुहिक रुपमा सम्मान सहित पुरस्कृत गरेको हो ।

 

 


४० मुरी भन्दा धेरै धान फलाउने किसानले ५० हजार,२२ फुट लम्बाइ  ४ फुट चौडाइको थाङग्रा भरी मकै फलाउनेले ३० हजार र ३५ मन भन्दा धेरै आलु फलाउर्ने प्रतिकिलो १५ रुपैयाका दरले पुरस्कार पाएका छन ।

 

एक नम्वर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवो,गाँउ पालिका अध्यक्ष अमरराज माखिम र उपाध्यक्ष उर्मिला राईले किसानलाइ पुरस्कृत गरेका थिए ।

 

गाँउ पालिकाले गत आर्थिक वर्ष २०७७ । ०७८ देखि उत्कृष्ठ किसान पुरस्कृत गर्ने नीती अबलम्बन गरेको थियो । यसैविच प्रदेश सरकारको लगानीमा गाँउ पालिका पालिकाले निर्माण गरेको अतिथि गृहको पनि उद्घाटन गरिएको छ । 

प्रतिकृया दिनुहोस

बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया

यासोक— पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ मा बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   निगाले कृषि

कुम्मायक ५ मा आई.पि.एम कृषक पाठशाला सुरु, पाठशाला न्युनतम १६ हप्ता सम्म चल्ने

पाँचथरको कुम्मायक गाउँपालिका – ५ स्थित स्याबरुम्बामा आई.पि.एम कृषक पाठशाला सुरु भएको छ । टमाटर खेतिका लागि शुरु भएको सो कृषक पाठशालामा करिब २५ जना

कुम्मायकमा १ हजार ९ सय ४४ क्षेत्र फलमा धानबाली नष्ट, अनुगमनका लागि ५ सदस्य समिति गठन

यासोक— केही दिन अघि परेको अबिरल  बर्षाले पाँचथरको कुम्मायक गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ । कुम्मायक  गाउँपालिकाले  सार्बजनिक गरेको