कुम्मायकमा १ हजार ९ सय ४४ क्षेत्र फलमा धानबाली नष्ट, अनुगमनका लागि ५ सदस्य समिति गठन
views:-260
यासोक— केही दिन अघि परेको अबिरल बर्षाले पाँचथरको कुम्मायक गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ । कुम्मायक गाउँपालिकाले सार्बजनिक गरेको तथ्याङ्क अनुसार कुम्मायक गाउँपालिकामा बाढि पहिरोबाट २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन ।
यसै गरि कुम्मायक १ मा २ जानाको बाढी पहिरो बाट मृत्यु भएको छ भने १ जनाको घाइते भएका छन। यसै गरि ८ घरमा आशिक क्षती भएका छन भने ३ घर पुर्ण रुपमा क्षति भएका छन। २ सय ५६ रोपनी क्षेत्रफलमा लगाएको बाली नस्ट भएको छ। कुम्मायक गाउँपालिका भरी मृत्यु सङ्ख्या २ घाइते १, पुर्ण घर नष्ट ३ , आंशिक घर ५७, बालीनाली १ हजार ९ सय ४४ क्षेत्र फलमा बाढिपहिरोले नष्ट बनाएको कुम्मायक गाउँपालिका अध्यक्ष जय बहादुर चेम्जोङले बताउनु भएको छ। ययका लागि क्षतिको अनुगमन गर्न अध्यक्ष जय बहादुर चेम्जोङको संयोजकत्वमा ५ सदस्यिय अनुगमन समिती समेत गठन भएको छ। समितीले अब छिटै बालीनाली क्षतीको विवरणको अनुगमन थाल्ने पनि अध्यक्ष जय बहादुर चेम्जोङ्ले बताउनु भएको छ।
कुम्मायक गाउँपालिकका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारिले कुम्मायक गाउँपालिकाका विभिन्न बाढीपहिरो पिडित परिवारलाई नगद सहितको सामन्य राहत बितरण गरि सकिएको बताउनु भयो ।
यसै गरि कार्यपालिकामा बसेको पालिका स्तरिय बैठकले केही दिन अगाडिको अबिरल बर्षा पछि आएको बाढी पहिरोले विभिन्न ठाउँमा धानबालिमा ठूलो क्षति पुर्याको गाउँपालिका प्रवक्ता एबम पालिका सदस्य तारा देबि लुइटेलले बताउनु भएको छ । यस्का लागि अध्यक्षको संयाजकत्वमामा ५ सदस्य अनुगमन समिती गठन भएको र अब अनुगमनको काम थालेर पालिकाले क्षतीको बिबरण सङ्कन गरि राहतको बिसयमा निर्णय गरिने पनि प्रवक्ता तारादेबि लुइटेलले जानकारी दिनु भयो।
किसानलाई सम्मान सहित पुरस्कार
मिक्लाजुङ— पाँचथरको मिक्लाजुङ गाँउ पालिकाका १ सय ७२ जना किसानलाई गाँउ पालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ । गाँउ पालिकाले आफ्नो एघारौं
बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया
यासोक— पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ मा बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । निगाले कृषि
कुम्मायक ५ मा आई.पि.एम कृषक पाठशाला सुरु, पाठशाला न्युनतम १६ हप्ता सम्म चल्ने
पाँचथरको कुम्मायक गाउँपालिका – ५ स्थित स्याबरुम्बामा आई.पि.एम कृषक पाठशाला सुरु भएको छ । टमाटर खेतिका लागि शुरु भएको सो कृषक पाठशालामा करिब २५ जना

प्रतिकृया दिनुहोस