बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया
views:-200
यासोक— पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर ५ मा बाख्राको बृहतर पकेट प्याकेज सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
निगाले कृषि शहकारी सस्थाले आयोजना गरेको सो कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र पाँचथरका अधिकृत निरोज कुमार भट्टराईले बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमको बारेमा स्पष्ट पार्दै शहकारीको ३ लाख ३५ हजार र कार्यलयको १० लाख सहित १३ लाख ३५ हजार रकममा तेस्रो बर्षको कार्यक्रम सुरु हुन लागेको बताउनु भयो ।
बाख्राको बृहत्तर पकेट प्याकेज सम्बन्धी कार्यक्रम निगाले कृषि शहकारीले सुरु गरेको ३ बर्ष भएको छ । सो अबसरमा कुम्मायक ५ का अध्यक्ष याम बहादुर बोहोरा, तमोर लिफ्टिङ खानेपानी आयोजनाका महासचिब अमरसिङ थापा , कुम्मायक गाउँपालिकाका इन्जिनियर महेन्द्र बास्कोटा, लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम निगाले शहकारी सस्थाका अध्यक्ष महेन्द्र बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा संस्थाका सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।
किसानलाई सम्मान सहित पुरस्कार
मिक्लाजुङ— पाँचथरको मिक्लाजुङ गाँउ पालिकाका १ सय ७२ जना किसानलाई गाँउ पालिकाले नगद पुरस्कार सहित सम्मान गरेको छ । गाँउ पालिकाले आफ्नो एघारौं
कुम्मायक ५ मा आई.पि.एम कृषक पाठशाला सुरु, पाठशाला न्युनतम १६ हप्ता सम्म चल्ने
पाँचथरको कुम्मायक गाउँपालिका – ५ स्थित स्याबरुम्बामा आई.पि.एम कृषक पाठशाला सुरु भएको छ । टमाटर खेतिका लागि शुरु भएको सो कृषक पाठशालामा करिब २५ जना
कुम्मायकमा १ हजार ९ सय ४४ क्षेत्र फलमा धानबाली नष्ट, अनुगमनका लागि ५ सदस्य समिति गठन
यासोक— केही दिन अघि परेको अबिरल बर्षाले पाँचथरको कुम्मायक गाउँपालिकामा ठूलो जनधनको क्षती भएको छ । कुम्मायक गाउँपालिकाले सार्बजनिक गरेको

प्रतिकृया दिनुहोस