महिला शक्ति बिकास केन्द्र नेपालद्धारा फिदिम नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
views:-410
यासोक— महिला शक्ति बिकास केन्द्र नेपाल काठमाडौले पाँचथरको फिदिम नगरपालिकाको कार्यालय सहित नगरका १४ वटालाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
विश्वभर महामारिको रुपमा फैलिएको कोरोना कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्नमा सहयोग पुर्याउन महिला शक्ति बिकास केन्द्र नेपालले स्वस्थ्य सामग्री सहयोग गरेको संस्थाका क्षेत्रीय संयोजक भुमिका आचार्यले बताउनु भयो । मंगलवार नगरपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सो स्वस्थ्य सामग्री बितरण गरिएको थियो ।
संस्थाले १० बक्स मास्क, १० लिटर सेनिटाइजर, ४८ थान साबुन, ४ थान पल्स अक्सिमिटर , ४ थान डिजिटल थर्मोमिटर , ४ बक्स ग्लोब्स , १० थान पिपिए सेट , १० थान गाउन सेट सहयोग गरेको छ ।
बिकास केन्द्र नेपालका क्षेत्रिय संयोजक भुमिका आचार्यले फिदिम नगरपालिकाका उपमेयर उर्मिला श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा क्षेत्रीय संयोजक भुमिका आचार्यले सस्थाको सानो सहयोगले नगरबासिलाइ सहयोग पुगोस भनेर यो अभियान संचालन गरेको बताउनु भयो । स्वस्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बिभिन्न राजनितिक दलका नेता, पत्रकार र कर्मचारीहरुको सहभागिता रहेको क्षेत्रिय संयोजक भूमिका आचायले जानकारी दिनु भएको छ ।
खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना
पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ। कुम्मायक–४ रानीगाऊँ पाँचथर
कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना
यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ । नेत्रज्योति संघ ताप्लेजुङ र

प्रतिकृया दिनुहोस