• बुधबार-५-३-२०८३

महिला सशक्ती बिकास केन्द्र नेपालद्धारा कुम्मायक गाउँपालिकालाई स्वस्थ्य सामग्री सहयोग

views:-226

यासोक— महिला सशक्ती बिकास केन्द्र नेपाल  काठमाडौँले पाँचथरको कुम्मायक गाउँपालिकालाई विभिन्न स्वस्थ्य सामग्री सहयोग गरेको छ । 

 

 

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना कोभिड १९ को रोकथाम तथा नियन्त्रण गर्नमा सहयोग पुर्‍याउन महिला सशक्ती बिकास केन्द्र नेपालले स्वस्थ्य सामग्री सहयोग गरेको संस्थाका कोलिडर तारा देबि लुइटेलले बताउनु भयो । आज गाउँपालिकाको कार्यलयमा एक कार्यक्रमको आयोजना गरि सो स्वस्थ्य सामग्री बितरण गरिएको थियो । संस्थाले ५ बक्स मास्क, ५ लिटर सेनिटाइजर, २४ थान साबुन, २ थान पल्स अक्सिमिटर , २ थान डिजिटल थर्मोमिटर , २ बक्स ग्लोब्स , ५ थान पिपिए सेट , ५ थान गाउन सेट गाउँपालिकालाई  सहयोग गरेको छ । बिकास केन्द्र नेपालका क्षेत्रिय संयोजक भुमिका आचार्य र कोलिडर  तारा देबि लुइटेलले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीलाई हस्तान्तरण गर्नु भएको थियो । हस्तान्तरण कार्यक्रममा क्षेत्रीय संयोजक भुमिका आचार्यले संस्थाको सानो सहयोगले गाउँपालिकालाई पनि सहयोग पुगोस भनेर यो अभियान गरेको बताउनु भयो ।

 

 

कार्यक्रम पछि   कुम्मायक गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारिले महामारिको यो समयमा सबै क्षेत्र बाट सहयोगको आवश्यक रहेको भन्दै  सहयोगी संस्था लाई धन्याबाद दिनु भएको थियो । स्वस्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा कुम्मायक गाउँपालिका १ का अध्यक्ष देबेन्द्र कुमार लाओती, समाजसेबि राजकुमार श्रेष्ठ , र पालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो ।

 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र