कुम्मायक १ का जेष्ठ नागरिक र हजार दिने आमाहरुलाई पोषण झोला बितरण
views:-221
यासोक—पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर १ का जेष्ठ नगरिक (वृद्ध वृद्धा) र सुनौलो हजार दिने आमाहरुलाई पोषण झोला बितरण गरिएको छ ।
कुम्मायक १ को वडा कार्यलयबाट बुधवार स्वास्थ्य मापण्दडको पुर्ण पालना गरी जेष्ठ नागरिक र हजार दिने आमाहरुलाई पोषण युक्त सामग्री बितरण गरिएको हो । कुम्मायक गाउँपालिकाको ५ लाख रकमबाट कुम्मायक १ का ७५ बर्ष माथिका १ सय ५८ जना जेष्ठ नागरिकहरुलाई सम्मान तथा राहत स्वरुप १ प्याकेट चामल , तेल २ पोका, नुन २ प्याकेट बितरण गरिएको कुम्मायक १ का अध्यक्ष देबेन्द्र कुमार लाओतीले जानकारी दिनु भयो ।
फोटो : कुम्मायक गाउँपलिका वडा नम्बर १ का अध्यक्ष देबेन्द्र कुमार लाओती, जेष्ठ नागरिकलाई पोषण झोला बितरण गर्दे......
त्यस्तै हजार दिने आमाहरुलाई पोषण झोला बितरण गरिएको छ । कुम्मायक गाउँपालिका र संघिय सरकारको साझेदारीमा संचालन हुदै आएको बहु क्षेत्रीय पोषण कार्यक्रम अन्र्तरगत १ नम्बर वडाका १ सय ४९ जना हजार दिने आमाहरुलाई पोषण झोला बितरण गरिएको कुम्मायक गाउँपालिकाका पोषण संयोजक मुना खड्का घिमिरेले बताउनु भयो । हजार दिने आमाहरुलाई हलुवा २ प्याकेट , चना २ केजी , आईडिन युक्त नुन १ केजी , अन्डा १ क्यारेट, दाल १ केजी, आटा १ केजी , सिमि, धनिया,कांका्र फर्सी र भिन्डीको बिउ १/१ प्याकेट बितरण गरिएको कुम्मायक १ का अध्यक्ष लाओतीले जानकारी दिनु भयो ।
फोटो : कुम्मायक गाउँपलिका शिक्षा अधिकृत प्रदिप तामाङ र वडा नम्बर १ का वडा सदस्य उर्मीला निरौला हजारदिने आमालाई पोषण झोला बितरण गर्दे..........
जेष्ठ नागरिकलाई सम्मान गर्दै साथै कोरोना कहरका बिच राहत स्वरुप पोषण युक्त सामग्री र अहिले निषेधाज्ञा जारी रहेकाले हजार दिने आमाहरुलाई पोषणको कुनै कमि नहोस भने यो कार्यक्रम गरिएको पनि अध्यक्ष लाओतीले बताउनु भयो । पोषण युक्त सामग्री पाएपछि जेष्ठ नागरिक र हजार दिने आमाहरुले खुसी व्यक्त गरेका छन ।
खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना
पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना
कुमार खड्का यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ। कुम्मायक–४ रानीगाऊँ पाँचथर
कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना
यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ । नेत्रज्योति संघ ताप्लेजुङ र

प्रतिकृया दिनुहोस