• बुधबार-५-३-२०८३

वाईसियल नेपाल आठराई गाउँकमिटिले स्वास्थ्य सामग्री बितरण गर्‍यो

views:-468

तेह्रथुम —  आठराई गाउँपालिकामा कोरोना कोभिड १९ रोकथाम तथा निन्त्रणका लागि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षा निकायलाई योङ कम्युनिष्ठ लिग (वाईसियल) नेपाल आठराई गाउँकमिटिले स्वास्थ्य सामग्री वितरण गरेको छ ।

 

 

आठराई गाउँपालिकाका सात वटा वडामा प्रति वडा २ सय थान मास्क र १ थान सेनिटाइजर, सुरक्षा निकायहरुमा प्रति निकाय १ सय थान मास्क र १ थान सेनिटाइजर, आठराई गाउापालिकालाई १ सय थान मास्क र १ थान सेनिटाइजर र स्वास्थ्य शाखालाई १ सय थान मास्क र १ थान सेनिटाइजर गरी २ हजार ५ सय थान मास्क र १६ थान सेनिटाइजर वितरण गरिएको हो ।

 

 

आठराई गाउँपालिका वडा नम्बर २ खाम्लालुङ घरभई रोजगारीको सिलशिलामा   हाल दक्षिण कोरियामा रहुनु भएका नेपाली जनप्रगतीसील मञ्च दक्षिण कोरियाका केन्द्रिय सदस्य तथा कियाचु जेजुदो साखा क्षेत्रीय अध्यक्ष सुमन हाङश्रोङ लिम्बुले पठाउनु भएको  स्वास्थ्य सामग्री सो गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षा निकयलाई वितरण गरिएको हो ।

 

 

आठराई गाउँपालिकाका  स्वास्थ संस्था र  सुरक्षा निकायका लागि प्राप्त भएको मास्क र सेनिटाइजर नेकपा माओवादी केन्द्र १ नं. प्रदेशका सदस्य चुडामणी बराल (चिन्तन)ले स्वास्थ्य शाखाका प्रमुख शुशिल ङईनामलाई हस्तान्तरण गर्नु भएको थियो । त्यस्तै  सुरक्षा निकायका लागि प्राप्त स्वास्थ्य सामग्री ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहरी निरीक्षक शेषकराम थान्दार र शसस्त्र सुरक्षा बेश क्पाप संक्रान्तिबजारका प्रहरी निरीक्षक बाबुकाजी कटुवाललाई हस्तान्तरण गरिएको थियो ।

 

 

स्वास्थ्य सामग्री हस्तान्त्रण कार्यक्रममा नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटि सदस्य चुडामणी बराल (चिन्तन), नेकपा माओवादी केन्द आठराई गाउँपालिका ईञ्चार्ज बलिराज ईङनाम , वाईसिएल तेह्रथुम जिल्ला निबर्तमान अध्यक्ष सागर थिङलाबु, आठराई गाउँपालिका वाईसिएल ईञ्चार्ज ईन्द्रराज ईङनाम, सचिव टिकाराज फोम्वो लगाएतका नेताहरुको उपस्थिति रहेको थियो । 

 

 

आफ्नो जन्मथलो आठराई गाउँपालिकाबासीलाई कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुगोस भनि अग्रभागमा खटिएका स्वास्थ्यकर्मी र सुरुक्षा निकायका लागि  २८ हजार ५ सय बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको समाजसेवी सुमन हाङश्रोङले बताउनु भयो ।   यसैगरी १५ ओटा अक्सिजन सिलिन्डरमा अक्सिजन भर्न  ६ हजार रकम समेत  गाउँपालिकालाई आर्थिक सहयोग गरेको समाजसेवी सुमन हाङश्रोङले जानकारी दिनु भयो । समाजसेवी हाङश्रोङले यस अघिपनि बिभिन्न सामाजिक काम गर्दे आउनु भएको छ । हाङश्रोङ वाईसिएल नेपाल प्रदेश कमिटि सदस्य पनि हुन । 

 

आठराईमा कोरोना भाइरस नियन्त्रणको लागि अग्रभागमा खटिएका निकायलाई आवश्यक सहयोग गर्दै जाने र योङ कम्युनिष्ठ लिगले पनि स्वयंसेवक परिचालन गर्ने नेकपा माओवादी केन्द्र १ नं. प्रदेशका सदस्य चुडामणी बराल (चिन्तन)ले बताउनु भयो । 

 


 

प्रतिकृया दिनुहोस

खाल्डे माविले स्थापना दिवस मनायो, अक्षयकोषको ब्याजबाट बिपन्न विद्यार्थीलाई छात्रवृति पनि वितरण

कुमार खड्का यासोक— पाँचथरको कुम्मायक–१ खाल्डेमा रहेको खाल्डे माविले विद्यालयको ६३ औं स्थापना दिवस मनाएको छ। आईतवार एक कार्याक्रमको आयोजना

पृथ्वी माविमा ६ लाख रुपयाँको अक्षयकोषको स्थापना 

कुमार खड्का   यासोक— पाँचथरको कुम्मायक गाउँपालिका यासोक स्थित पृथ्वी माविमा अक्षयकोषको स्थापना गरिएको छ।  कुम्मायक–४ रानीगाऊँ पाँचथर

कुम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना 

यासोक — पाँचथरको कम्मायक गाउँपालिकामा आँखा उपचार केन्द्र तथा शल्यकृया सहितको आाखा शिविरको उत्घाटन गरिएको छ ।     नेत्रज्योति संघ ताप्लेजुङ र