• बुधबार-५-३-२०८३

पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घट्यो ।

views:-470


यासोक / पाँचथरको कुम्मायक गाउँपालिकामा तमोर लिफ्ट खानेपानीको महसुल घटेको छ । सुख्खाक्षेत्रका उपभोक्ताहरु मारमा परेको भन्दै न्युनतम महसुल घटाईएको हो । यस अघि न्यनतम महसुल ५ सय रुपैयाँ तोकिएको थियो । तर त्यसलाई घटाएर न्युनतम महसुल २ सय ५० रुपैयाँ पुर्‍याईएको छ । सोमबार तमोर लिफ्ट खानेपानी उपभोक्ता समितिको कार्यलयमा बसेको बैठकले यस्तो निणर्य गरेको हो । महसुल परिमार्जन गर्न यस अघिनै समितिले कार्यादल गठन गरेको थियो । गठित कार्यदलको प्रतिवेदनको आधारमा खानेपानीको महसुल घटाइएको समितिका महासचिव अमरसिंह थापाले बताउँनुभयो ।

तमोर लिफ्ट खानेपानी उपभोग गर्दै आएका उपभोक्ताहरुले ३ हजार लिटर पानी प्रयोग गर्दा २ सय ५० रुपैयाा महसुल बुझाउँनु पर्ने हुन्छ । ३ हजार देखि ६ हजार लिटर पानी प्रयोग गर्दा पुरानै महसुल कायम भएको छ । तर ३ हजार भन्दा कम पानी प्रयोग गर्दा भने २ सय ५० रुपैयाँ बुझाउँनु पर्ने थापाको भनाइ छ ।

सुख्खाक्षेत्रका आर्थिक रुपमा बिपन्न र एकल परिवारको लागि यो निणर्यले राह्रत पुग्ने समितिका कार्यवाहक अध्यक्ष तथा कार्यदलका सम्योजक मेघराज निरौलाले बताउँनुभयो । यस अघि महसुल बढि भएको भन्दै जनगुनासो बढ्न थालेपछि कार्यादल गठन गरिएको थियो । बिपन्न र एकल परिवारले गुनासो गरेपछि महसुलमा फेरबदल गर्नु परेको निरौलाको दावि छ । सो बैठकमा तमोर लिफ्ट उपभोक्ता समितिका पदाधिकारी, निर्माण कम्पनी र खानेपानी ढल व्यवस्थापन आयोजना इलामका प्राविधिक लगायतको उपस्थीतिमा बैठक बसेको थियो ।
  
 
 

प्रतिकृया दिनुहोस

ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा

विराटनगर —   भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

पर्वत —  नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको

विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”

विराटनगर —  सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा