• बुधबार-५-३-२०८३

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

views:-301

पर्वत —  नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको मत लिने भएको छ ।


गत जेठ २९ मा निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत पाउन नसकेपछि बहुमतसहित पोखरेलले मुख्यमन्त्रीको नियुक्ति पाएका थिए । संयुक्त गठबन्धनमा स्वतन्त्र एक सांसद दीपक मनाङेसहित ३१ सांसदको समर्थनले सरकार बनेको थियो ।


संविधानको धारा १६८ (५) अनुसार बनेको सरकारले उपधारा ६ अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार नयाँ मुख्यमन्त्रीले विश्वासको मत लिने निधो भएको सरकारका प्रवक्ता कुमार खड्काले बताए ।  उनका अनुसार सरकारका तर्फबाट मुख्यमन्त्री आफैँले मंललबार प्रदेशसभामा पेस गरेको आर्थिक वर्ष २०७८-०७९ को बजेटमाथिको छलफल पनि त्यसपछि मात्र प्रारम्भ गर्ने तयारी भइरहेको छ  ।


विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवालयमा मंगलबार नै दर्ता भइसकेको छ  । ६० सदस्यीय गण्डकी प्रदेशसभामा राष्ट्रिय जनमोर्चाका कृष्ण थापा पदमुक्त भएपछि सांसद सङ्ख्या ५९ कायम भएको छ। मुख्यमन्त्री पोखरेलले सरकार जोगाउनको लागि अब ३० जना सांसदको विश्वास प्राप्त गरे पुग्नेछ। विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्को कार्य विभाजन, विस्तार गर्ने तयारी सरकारले गरेको छ ।
 

प्रतिकृया दिनुहोस

ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा

विराटनगर —   भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र

विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”

विराटनगर —  सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

सातौँ अधिवेशनभर जम्मा आठ बैठक, सरकारमाथि ‘भगुवा’को आरोप

विराटनगर   , प्रदेश १ सरकारलाई प्रतिपक्षी दलहरूले संसद्बाट भागेको आरोप लगाएका छन् । प्रदेश सरकारलाई संसद् छलेर स्वेच्छाचारी नबन्नसमेत दलहरूले