• बुधबार-५-३-२०८३

ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा

views:-436

विराटनगर —   भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र विचौलियाको प्रभावमा ओली सरकारले ललितानिवास काण्ड भन्दा ठूलो नीतिगत भ्रष्ट्राचार गरेको दावी उसको छ ।

 

 बिहीबार बसेको १ नं प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्र संसदीय दलका नेता तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले गरेको गिरीबन्धु टी–स्टेटको करीब ३४१ विघा जग्गा सट्टापट्टा गर्ने निर्णय राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

 

नेता आङ्वोले संघीय सरकारले झापाको गिरीबन्धु टी–स्टेटको जग्गा सट्टा भर्नाका लागि अनुमति दिएको विषयमा प्रदेश १ सरकारको धारणा माग गरेका हुन् । ओली सरकार सत्ताबाट बर्हिगमन हुनै लाग्दा गत असार २४ गते राज्यलाई गम्भीर नोक्सानी हुने राष्ट्रघाती निर्णय गरेको भन्दै उनले उक्त निर्णय खारेज गर्न समेत माग गरे ।

 


यदि प्रदेश सरकारले विरोध गर्न नसक्ने हो भने यो अनियमिततामा प्रदेश सरकारको पनि संलग्नता रहेको पुष्टि हुने बताए । ‘यस बारेमा प्रदेश सरकारको धारणा के हो ? सार्वजनिक होस्’, उनले भने । उनले संविधानले भूमि सम्बन्धी निर्णय गर्ने अधिकार प्रदेश सरकारलाई पनि रहेको बताउँदै प्रदेशमा भएका राज्यको सम्पत्ति बेचेर खान खोज्नु राष्ट्रघात भएको दावी गरे।

 

‘निर्णयले ठूलो राष्ट्रघात भएको छ । केही दलाल र विचौलियालाई राज्यको सम्पत्ति सुम्पने काम ओली सरकारले गरेको छ,’ उनले भने, ‘भूमि सम्बन्धी ऐन २०२१ मा हदबन्दीभन्दा माथि भएका जग्गा कम्पनीले चलाउन नसके राज्यलाई फिर्ता दिनुपर्ने व्यवस्था गरेको छ, तर जग्गा सट्टा गर्ने नाममा नीतिगत भ्रष्टाचार गरी भू–माफिया र दलाललाई पोस्ने काम ओली सरकारले गरेको छ ।’

 

भूमि भनेको साझा सरोकारको सूचीमा रहेको विषय भएको कारण प्रदेश सरकारले जग्गा जोगाउन चासो दिनु पर्ने कुरामा जोड दिँदै उनले भने, ‘प्रदेश सरकारको बुझाइ के हो ? झापामा मात्रै होइन १६९ वटा कम्पनीले सट्टापट्टाको निवेदन दिए राज्यले के गर्ने ? के राज्यले सबै जग्गा भूमाफिया र दलाललाई दिने हो ? राज्यको यति धेरै सम्पत्ति चाहिँ दलाल र भूमाफियालाई दिने हो ?

 

नेपालमा १६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको बताउँदै आङ्बोले तत्कालीन राजा ज्ञानेन्द्रको पालामा पनि भूमाफियाले गर्न नसकेको काम ओली सरकारले गरेको आरोप लगाए ।नेपालमा १६९ वटा कम्पनीले हदबन्दीभन्दा बढी जग्गा राखेको तथ्यांक प्रस्तुत गर्दै आङ्बोले ९४ वटा कम्पनीले भूमि व्यवस्था मन्त्रालयमा जग्गा सट्टाको निवेदन दिएको जानकारी दिए ।

 

उनले राजा ज्ञानेन्द्रको पालामा पनि भूमाफियाले यस्तो चलखेल गरेको तर, ज्ञानेन्द्रले निर्णय गर्ने हिम्मत नगरेको भन्दै आङ्बोले भूमाफियाको फन्दामा परेर ओली सरकारले अरबौँ भ्रष्टाचार गरेको दाबी गरे । ‘त्यहाँका राजनीतिक दल वा कुनै पनि सरोकारवालासँग छलफल गरिएको छैन, दलालहरूको हातमा यति ठूलो कदम चालिँदा प्रदेश सरकारले किन चुप लागेर बस्छ ?’

 

आङ्बोले भने, ‘प्रदेश सरकारले यति ठूलो कदमको विषयमा विरोध गर्दै निर्णय पठाओस् । करोडौँ रुपैयाँ पर्ने जग्गाको भाउ कौडीको मूल्यमा सट्टा–भर्ना गर्ने अवैध हर्कत गरिएको कुरा खारेज गर्नुपर्दछ ।’

साभार— nepalbahas.com

प्रतिकृया दिनुहोस

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने

पर्वत —  नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको

विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”

विराटनगर —  सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

सातौँ अधिवेशनभर जम्मा आठ बैठक, सरकारमाथि ‘भगुवा’को आरोप

विराटनगर   , प्रदेश १ सरकारलाई प्रतिपक्षी दलहरूले संसद्बाट भागेको आरोप लगाएका छन् । प्रदेश सरकारलाई संसद् छलेर स्वेच्छाचारी नबन्नसमेत दलहरूले