फाल्गुनन्द गाउँपालिकामा घर पहिरोको जोखिममा
views:-284
दिपक दुलाल
फाल्गुनन्द / वर्षासंगै आएको पहिरोले फाल्गुनन्द गाउँपालिका १ नवमिडाँडाँका ६ घरधुरी पहिरोको जोखिममा परेका छन । फाल्गुनन्द १ का दिलश्वर नेम्वाङ, खड्गशेर नेम्वाङ, आइतराज नेम्वाङ र शुकमाया नेम्वाङको घर पहिरोको जोखिममा परेको छ । फाल्गुनन्द १ का वडा सदस्य गोपाल लुईटेलका अनुसार दिलश्वर नेम्वाङको घरमा माथिबाट पहिरो बग्न थालेको र बाँकी अन्यको घर मुनीबाट पहिरो बग्न थालेपछि घर जोखिममा परेको हो ।
यस्तै वडाध्यक्ष होमप्रसाद आङ्देम्बेका अनुसार साविक नवमीडाँडा ६ का भक्तराज आङ्देम्बेको घर मुनीबाट पहिरो बग्नथालेपछि उक्त घरसमेत पहिरोको जोखिममा परेको छ । उहाँका अनुसार साविक वडा नं.२ का खड्ग नेम्वाङको घरमा समेत मथिबाट पहिरो खस्न थालेपछि नेम्वाङको घर जोखिममा परेको छ ।
पहिरोको जोखिममा रहेका घरपरिवारलाई जोखिमको अवस्था र आवश्यकता अनुसार व्यवस्थापन गर्दै लगिने वडाध्यक्ष होमप्रसाद आङ्देम्बेले बताउँनुभयो ।
ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा
विराटनगर — भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने
पर्वत — नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको
विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”
विराटनगर — सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

प्रतिकृया दिनुहोस