धरानका पत्रिका वितरकहरुलाई कोरियाको सहयोग
views:-532
धरान / कोरियामा बस्ने ब्लाष्ट दैनिकका पूर्व कर्मचारीहरुको सहयोगमा धरानका विभिन्न पत्रपत्रिकामा काम गर्ने ४५ जना कर्मचारीहरुहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ ।
शनिवार धरान–१५ ब्लाष्ट दैनिकको कार्यालयबाट धरान उपमहानगरपालिका वडा नं. १५ का वडाध्यक्ष नरेश इवारामको उपस्थितिमा उनीहरुलाई प्रति व्यक्ति २५ केजी चामल, ४ केजी दाल, ३ लिटर तेल, ४ केजी नुन, डेढ केजी न्युटेला, माक्स र सेनिटाइजर उपलब्ध गराइएको हो । उनीहरुलाई वडाध्यक्ष इवाराम र ब्लाष्ट दैनिकका प्रधान सम्पादक राजकुमार कार्कीको उपस्थितिमा राहत उपलब्ध गराइएको थियो ।
कोरियाबाट धनेन्द्र बराल, चण्डीराज खतिवडा, खगेन्द्र पराजुली, प्रकाश तिवारी लगायतले १ लाख १७ हजार ४ सय ३४, ब्लाष्ट दैनिकबाट ५ हजार, स्थानीय कमल कार्कीले २ हजार ८ सय ५० र सत्यनारायण यादवबाट एक हजार दुई सय गरि एक लाख २७ हजार ८ सय ८० बराबरको खाद्यान्न उपलब्ध गराइएको ब्लाष्ट दैनिकका उपप्रवन्ध निर्देशक दीपेन्द्र कार्कीले जानकारी दिनुभयो ।
प्रेस संगठन नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की र ब्लाष्ट दैनिकका उपप्रवन्ध निर्देशक दीपेन्द्र कार्कीको पहलमा धरानका विभिन्न सञ्चार गृहहरुमा काम गर्ने पत्रिका वितरक, कर्मचारीहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराइएको हो । यस अघि प्रेस संगठनका केन्द्रीय सदस्य कार्की र नेपाल फोटो पत्रकार महासंघ सुनसरीका अध्यक्ष विकाश राईको पहलमा उनीहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराइएको थियो ।
कोरोना महामारीका कारण बन्द भएका सञ्चार गृहमा काम गर्ने साथीहरु बेरोजगार भएपछि उनीहरुको समस्यामा केही सहकार्य गरौं भनेर सहयोग पठाइएको कोरियामा बस्ने घनेन्द्र बरालले बताउानुभयो । ‘आफु पनि मिडियामा काम गरेको भएकाले झन सञ्चारगृहहरु नै बन्द भएका बेला केही राहत होस् भनेर कोरियामा बस्ने नेपालीहरुको सहयोगमा रकम पठाएका हौं ।’– बरालले भन्नुभयो ।
ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा
विराटनगर — भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने
पर्वत — नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको
विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”
विराटनगर — सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

प्रतिकृया दिनुहोस