महाअभियोग मामिला : ट्रम्पले पाए सफाइ
views:-498
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग लगाए पनि ट्रम्पलाई माथिल्लो सदनले सफाइ दिएको हो ।
राष्ट्रपटि डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको बहुमत रहेको माथिल्लो सदनमा बहसपछि भएको मतदानमा ट्रम्पले महाअभियोगबाट सफाइ पाएका हुन् । शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मत र संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मतले ट्रम्पले सफाइ पाएका हुन् ।
ऐतिहासिक मतदानमा सदनले अमेरिकाका ४५औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो । गएको डिसेम्बरमा अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग तथा संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।
यही वर्षको आउँदो नोभेम्बरमा अमेरिकामा राष्ट्रपती पदको लागि चुनाव हुँदैछ । योसँगै ट्रम्प महाअभियोगका सामना गरेपछि चुनाव लड्ने देशको पहिलो राष्ट्रपति उम्मेदवार भएका छन् ।
यदि ट्रम्पमाथि लगाइएको कुनै पनि आरोप पुष्टि भएको खण्डमा उनले आफ्नो कार्यभार उपराष्ट्रपति माइक पेन्सलाई सुम्पिँदै राजीनामा पत्र दिनुपर्ने हुन्थ्यो ।
अभिनेता इरफान खानको निधन
मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको
अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित
काठमाण्डौ — कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको
इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु
काठमाडौं/ युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

प्रतिकृया दिनुहोस