अभिनेता इरफान खानको निधन
views:-1300
मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना भएका इरफानको बुधबार मृत्यु भएको ुद हिन्दूस्तान टाइम्सुले जनाएको छ । इरफानले अभिनय गरेको फिल्म ुपिकुुका निर्मातारनिर्देशक सुजीत सरकारले पनि ट्वीटमार्फत उनको मृत्युको समाचार पुष्टि गरेका छन् ।
मंगलबार इरफानका परिवारले पनि आधिकारिक रुपमा केही जानकारी दिएका थिएनन् । तर, इरफानका एक प्रवक्ताले भने उनलाई अस्पताल भर्ना गरिएको पुष्टि गरेका थिए । उनले भनेका थिए, ‘हो, इरफान खानलाई मुम्बईको कोकिलाबेन अस्पताल भर्ना गरिएको छ । उहाँलाई कोलोन इन्फेक्सन भएको छ । हामी उहाँको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिइरहनेछौं । अहिले उहाँ चिकित्सकको निगरानीमा हुनुहुन्छ । उहाँको शक्ति र साहसका कारण अहिलेसम्म यो रोगसँग लड्दै आउनु भएको छ । हामी विश्वस्त छौं कि उहाँको अपार इच्छा शक्ति र उहाँलाई माया गर्ने सबैको प्रार्थनाले चाँडै नै निको हुनुहुनेछ ।
गत वर्ष लन्डनमा उपचार गराएर फर्केपछि इरफान मुम्बईको कोकिलाबेन अस्पतालकै डाक्टरको निगरानीमा नियमित रुपमा स्वास्थ्य जाँच गराइरहेका थिए । ‘अंग्रेजी मिडियम’ छायांकनका बेला पनि उनको स्वास्थ्यमा समस्या आएको बताइएको थियो । उनको स्वास्थ्य अवस्थाका कारण केही समय छायांकन पनि रोकिएको थियो ।
गत शनिबार बिहान मात्र उनकी आमा सइदा बेगमको ९५ वर्षको उमेरमा निधन भएको थियो । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लकडाउनका कारण उनी आमाको अन्तिम संस्कारमा जान पनि पाएका थिएनन् । उनी भिडियो कन्फरेन्समार्फत आमाको अन्तिम संस्कारमा सहभागी भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।
५४ वर्षीय इरफान खान न्यूरोएन्डोक्राइन ट्युमरबाट ग्रसित थिए । उनी यसको लन्डनमै उपचार गराइरहेका थिए । सन् २०१८ को मार्चमा उनमा यो रोग देखिएको आफैले ट्वीटमार्फत बताएका थिए ।
अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित
काठमाण्डौ — कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ। पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको
इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु
काठमाडौं/ युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।
महाअभियोग मामिला : ट्रम्पले पाए सफाइ
काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग

प्रतिकृया दिनुहोस