• बुधबार-५-३-२०८३

अमेरिकामा मृत्यु हुनेको संख्या २६ हजार नाघ्यो, ६ लाख भन्दा धेरै संक्रमित 

views:-560

काठमाण्डौ — कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन २४ सय भन्दा बढीको ज्यान गएको छ।  पछिल्लो समय कोभिड–१९ को इपिसेन्टर बनेको अमेरिकामा संक्रमितको संख्या ६ लाख नाघेको छ । वल्डोमिटरको तथ्याङकअनुसार अमेरिकामा हालसम्म संक्रमितको संख्या ६ लाख १३ हजार आठ सय ८८ पुगेको छ  भने मृतकको संख्या २६ हजार ४७ जनाले ज्यान गुएका छन् । 

 समयमै उचित कदम चाल्न नसकेको अमेरिकाले अहिले दैनिक ठूलो संख्यामा मानवीय क्षति बेहोरिरहेको छ । त्यहाँ संक्रमित हुने र ज्यान गुमाउनेको संख्या दैनिक तीब्र गतिमा थपिने क्रममा छ। अन्य मुलुकको तुलनामा अमेरिकामा कोरोना भाइरसका कारण अवस्था झनै जटिल बन्दै गइरहेको छ ।  संसारकै वित्तिय राजधानी मानिने न्यूयोर्कमा मात्रै संक्रमितको संख्या २ लाख भन्दा बढी छ ।  मृतकको संख्या १० हजार ८ सय नाधेको छ । बाक्लो जनसंख्या रहेको न्यूयोर्कमा सार्वजनिक सवारीमा मानिसहरुले यात्रा गरिरहेका कारण र ठूलठुला भवनहरुमा मानिसहरु बस्ने गरेका कारण पनि यहाा संक्रमित संंगै मृतकको संख्यामा बृद्धि भएको अमेरिकी सञ्चार माध्यमहरुले बताउदै आएका छन ।

  अमेरिकामा न्यूयोर्कपछि बढी संक्रमित हुने राज्य न्यूजर्सी हो। न्यूजर्सी राज्यमा ६८ हजार संक्रमित छन्, भने चार हजार भन्दा बढीको ज्यान गइसकेको छ।  विश्वभर  १ लाख २६ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।  १९ लाख ९७ हजार भन्दा बढीमा  कोरोना संक्रमण पुष्टि भएको छ। इटालीमा २१ हजार भन्दा बढीले ज्यान गुमाएका छन् । त्यस्तै स्पेनमा १८ हजार भन्दा बढी मानिसको मृत्उु भएको छ।  स्पेनमा १ लाख ७४ हजार ६०, इटालीमा १ लाख ६२ हजार ४ सय ८८, फ्रान्समा १ लाख ३१ हजार ३ सय ६१, जर्मनीमा १ लाख ३१ हजार ३ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
 

प्रतिकृया दिनुहोस

अभिनेता इरफान खानको निधन

मुम्बई — भारतीय अभिनेता इरफान खानको उपचारका क्रममा बुधबार बिहान ५४ वर्षको उमेरमा मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार मुम्बईको

इटलीमा कोरोनाका कारण एकै दिन २५० जनाको मृत्यु

काठमाडौं/ युरोपेली देश इटलीमा कोरोना भाइरसका कारण एकै दिन २ सय ५० जनाको मृत्यु भएको छ । कोरोनाबाट एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो ।

महाअभियोग मामिला : ट्रम्पले पाए सफाइ

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन् । विपक्षी डेमोक्र्याटिक पार्टीको बहुमत रहेको तल्लो सदनले महाअभियोग