बिकास निर्माण र पर्यटन मजबुद बनाउन आगामी बजेटमा विशेष जोड दिन्छौ : मन्त्री आङबो
views:-679
कुमार खड्का
यासोक — १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङबो (मौसम)ले कोरोना भाईरसले गर्दा आर्थिक प्रक्षेपण घट्दो अवस्थामा रहेको बताउनु भएको छ ।
कोभिड १९ व्यबस्थापन तथा नियन्त्रणका लागि अनुगमन तथा छलफलका लागि पाँचथरको सदरमुकाम फिदिम आउनु भएका मन्त्री आङबोले आज पत्रकारहरु साग कुराकानी गर्दे प्रदेश नम्बर १ मा कोरोनाको संक्रमण फैलिन नदिन विशेष सावधानीका साथ सरकार लागी परेको बताउनु भयो ।
“कोभिड १९ संक्रमण फैलन नदिन सिमाका विभिन्न नाकामा कडाईका साथ सुरक्षा जााचको तथा क्वारेन्टाईनको ब्यावस्थापन गरेका छौ” मन्त्री आङबोले भन्नु भयो । यो महामारीको समयमा रोगबाट बच्न र बचाउन लक डाउनलाई पालना गर्दे सबैले सरकारलाई पनि सहयोग गर्न आङबोले आग्रह गर्नु भयो । कोभिड १९ संक्रमण ब्यवस्थापनका लागि स्थानिय स्तर सम्म राहात तथा औषधी र आवश्यक सामाग्री पुर्याउन सरकार लागि रहेको उहााले दावि गर्नु भयो ।
यो लक डाउनको समयमा विकास निर्माण, कृषि, शिक्षा तथा अर्थतन्त्रमा समेत ठूलो असर परिरहेकाले प्रदेश नम्बर १ भित्रका ठूला सबै आयोजना सञ्चालन गर्न निर्देशन समेत भई सकेको पनि मन्त्री आङबोले स्पष्ट पार्नु भयो । यसै गरी मन्त्री आङबोले कृषि नै आर्थिक विकासको मेरुदण्ड भएकाले लक डाउनको समयमा यस क्षेत्रलाई सहज बनाउन सरकार लागी रहेको पनि जनाउनु भयो । पाँचथर अस्पतालाई भेन्टीलेटर र आईस यू सहितको सय बेडको सुबिधा सम्पन्न बनाउन सबै प्रक्रिया भई सकेको पनि जानकारी गराउनु भयो ।
यसैगरी पर्यटन क्षेत्र डामाडोल भएको अवस्थामा यसलाई मजबुद बनाउन आगामी बजेटमा विशेष जोड दिने पनि उहााले स्पष्ट पार्नु भयो । एक फरक प्रसङ्गमा बोल्दै उहााले पाँचथर वहुमुखी क्याम्पसमा नयाा बिषय समावेश गरी स्तर उन्नती गरिने बताउनु भयो ।
ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा
विराटनगर — भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने
पर्वत — नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको
विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”
विराटनगर — सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

प्रतिकृया दिनुहोस