संकटको बेला अनावश्यक राजनैतिक नियुक्ति नगरौं : अर्थमन्त्री मौसम
views:-685
विराटनगर — प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो (मौसम)ले वर्तमान संकटको बेला अनावश्यक राजनैतिक नियुक्तीहरु नगर्न सबैलाई सुझाव दिनुभएको छ । बुधबार जारी सामाजिक संजाल फेसबुकको स्टाटसमा उहाँले अनावश्यक राजनैतिक नियुक्तीहरु, बोझिलो करार कर्मचारी नियुक्तिलगायतको प्रशासनिक खर्च कटौति गर्नु र अनुत्पादक क्षेत्रको बजेट कटौती गर्नुपर्ने अहिलेको आवश्यकता भएकोमा जोड दिनुभएको छ ।
विश्वव्यापी कोरोना भाइरसको प्रभावले अर्थतन्त्रमा ठूलो असर परेको बताउँदै उहाँले ठूलो संख्यामा नेपाली नागरिकहरुले वैदेशिक र शहरी क्षेत्रमा रोजगारी गुमाउने निश्चित भएको दाबी पनि गर्नुभएको छ । उहाँले कृषि, पर्यटन उध्योग, सार्बजनिक स्वास्थ्य र शिक्षा जस्तो उत्पादनशील क्षेत्रमा लगानी केन्ऽित गरि उत्पादनमा वृद्धि रोजगारी सिर्जना, मानव संशाधनको विकास गरेर मात्र अर्थतन्त्रलाई गतिशिल बनाउन सकिने धारणा पनि सार्वजनिक गर्नुभएको छ ।
‘विश्वब्यापी कोरोना प्रभावको कारण अर्थतन्त्रम पर्ने असरले ठूलो संख्या नेपाली नागरिकहरुले वैदेशिक र शहरी क्षेत्रमा रोजगारी गुमाउने निश्चित प्राय छ । राजश्व, वैदेशिक सहायता तथा ऋण अपेक्षित प्राप्त नहुने अवस्थामा सरकारलाई पनि श्रोतको दबाब ठूलै पर्ने देखिन्छ,’ स्टाटसमा उल्लेख छ, ‘यो अवस्थामा अनावश्यक राजनैतिक नियुक्तीहरु, बोझिलो करार कर्मचारी नियुक्ति लगायतको प्रशासनिक खर्च कटौती गर्नु र अनुत्पादक क्षेत्रको बजेट कटौती गरेर कृषि, पर्यटन उध्योग, सार्वजनिक स्वास्थ्य र शिक्षा जस्तो उत्पादनशील क्षेत्रमा लगानी केन्द्रित गरि उत्पादनमा वृद्धि रोजगारी सिर्जना, मानव संशाधनको विकास गरेर मात्र अर्थतन्त्रलाई गतिशिल बनाउन सकिन्छ र देशलाई समृद्धिको दिशातिर लैजान सकिन्छ सबै सरोकारवालाले गम्भीरता पूर्वक चिन्तन गरौं।’
साभार
ललितानिवास भन्दा ठूलो घोटाला सार्वजनिकः गिरीबन्धु टी–स्टेटको जग्गामा अरबौं भ्रष्ट्राचार भएको खुलासा
विराटनगर — भू–माफियाको फन्दामा परेर निर्वतमान केपी ओली सरकारले अरबौं भ्रष्टाचार गरेको आरोप माओवादी केन्द्रले लगाएको छ । भूमाफिया र
गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्रले ४ असारमा विश्वासको मत लिने
पर्वत — नेपाली कांग्रेसको तर्फबाट कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा बनेको गण्डकी प्रदेशको नयाँ सरकारले आउँदो असार ४ गते शुक्रबार विश्वासको
विमानस्थलको नयाँ नामाकरण : “यो गम्भीर कमजोरीलाई सरकारले समयमा नै सच्याओस”
विराटनगर — सरकारले ताप्लेजुङको सुकेटार बिमानस्थल र चुहानडाँडा विमानस्थलको नामाकरणमा गम्भीर कमजोरी गरेको प्रदेश १ का पूर्व आर्थिक मामिला तथा

प्रतिकृया दिनुहोस