• बुधबार-५-३-२०८३

“जनप्रतिनिधिको साथ, सहयोग नरहे समृद्ध फाल्गुनन्द हुदैन” 

views:-435

कुमार खड्का,

पाँचथर — फाल्गुनन्द गााउँपालिकामा यो कोभिड १९ को बिषम परिस्थितिमा बिकास निर्माण र प्रशासनिक कामहरु के कसरी संचालन भईरहेका छन्,  बिषम् परिस्थितिका बिच काममा कतिको चुनौति छन् भनेर पाँचथर एफ.एम को बिशेष संबादमा फाल्गुनन्द गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोक संग गरिएको बिशेष संबाद—

 

यो पाँचथर एफ.एम को बिशेष संबादमा स्वागत छ !

धन्यबाद छ, तपाईलाई  ।

 

यो बिषम परिस्थितिमा फाल्गुनन्द गाउँपालिकामा प्रशासनिक कामहर कसरी चलाई रहनु भएको छ ?

— हामीले अहिलेको कोरोना संक्रमण बिश्व महामारीको समयमा यसमा फाल्गुनन्द गाउँपालिकामा पनि केही  जना मानिशमा संक्रमण भएको र केही चाही निको भइसक्नु भएको छ । अहिले पनि हामीले संक्रमणको अबस्था छ भनेर बुझ्दा हुन्छ, यसलाई मध्यनजर गर्दै कार्यलय संचालन गर्दा अपनाउनु पर्ने स्वास्थ्य सम्बन्धी मापदण्ड छन् यसलाई पालना गर्दै सेनिटाईजर,मास्क लगाउने र सामाजिक दुरी कायम गर्दै  काम गर्ने शिलशिलामा अगाडी बढिरहेका छौँ ।यसलाई मध्यनजर गर्दै कोरोना संक्रमित भएका दाजुभाई तथा दिदीबहिनीका लागी कोभिड १९ अस्पताल  निर्माण गरिसकेका छौँ । उहाँहरुलाई त्यहाँ राख्दा सजिलो हुन्छ, भनेर हामीले काम अगाडी बढाइरहेका छौँ । तर जटिल समयमा पनि हामीले काम नगरी नहुने अबस्था भएर कामहरु अगाडी बढाईरहेका छौँ ।


गाउँपालिकामा सेवाग्राही आउदा स्वस्थ्य सम्बन्धी मापदण्ड अपनाएको अवस्था छ ?

— अहिले गाउँपालिकामा  सेवा गा्रहिको  बाक्लो उपस्थिति छ । हामीले पालिका बाहिर साबुन पानीको ब्यबस्था गरिदिएका छौँ । उहाँहरुलाई चाही हामीले आउदा आउदै स्वास्थ्य समन्धीका  कुराहरु पालना गरेर आईदिनु होला भनेर अनुरोध गरेका छौँ । र सेवाग्राहीलाई सेवा दिदा पनि पालोपालो संग बोलाएर अलि पातलोसंग गरेर सेवा दिईरहेका छौँ । 

 

तपाई हिजो जिल्ला प्रशासनमा सहायक सिडियो भएर बस्नुभएको थियो , आज फाल्गुनन्द गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत को जिम्मेवारी सम्हाल्नु भएको छ, फरक कस्तो पाउनु भयो ?

यसमा चाहि के छ भने हिजो जिल्ला प्रशासनमा एक खालको प्रशासनिक कामहरु गथ्र्याै, भने गाउँपालिकामा बिकास निर्माणका काम संगै प्रशासनिक कामहरु अघि बढ्ने हुन्, यसमा चाही मेरो अनुभबको हिसाबले एक  किसिमले सबै क्षेत्रमा काम गरौँ, अनुभब बटुलौ, आफ्नो राष्टलाई जिल्लालाई क्षेत्रलाई योगदान पुऱ्याउ भनेर सोचेको हिसाबले हिजो हामीले काम गर्ने जिल्ला प्रशासनको कानुनी कुराहरु अली बढी थिए भने, अब यता पालिकामा अलि ब्यबहारीक आईलागेको अनुभव गरेको छु ।पक्कै पनि जहा काम गरे पनि हामीले एउटा अनुभब लिने हो । क्षमता बिकाश गर्ने हो, एक किसिमले चाहि मैले साह्रै फरक चाहि पाएको छैन । तर कामको प्रकृति चाही फरक छ । 

 

र अन्त्यमा तपाई भर्खरै आउनु भएको छ,प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हाल्नु भएको छ,फाल्गुनन्द गाउँपालिकाका जनप्रतिनिधीहरुको साथ कस्तो  पाईरहनु भएको छ ?

— यसमा सबैभन्दा जिम्मेवार भनैकै जनप्रतिनिधी हो, उहाँहरुको आफ्नो क्षेत्र, आफ्नो वडा हुदै उहाँहरु जननिर्बाचित हुनुभयो त्यही कारणले यहाँको बिकास गनृका लागी उहाँहरुको साथ सहयोग रहेन भने यो सम्भब नै हुदैन,  उहाँहरुले जे काम गर्छु भनेर आउनु भएको छ, उहाँहरुको भिजन उहाँहरुको बाचा पूरा नहुने हुनाले उहाँहरुले सहयोग नगरी हुदैन, उहाँहरुको भावना पनि सहयोगी भावना छ । अब जहा सम्म बाहिर बाट देख्दा पक्ष बिपक्ष होला तर उहाँहरु निर्बाचित भएर आईसकेपछि उहाँहरुले गाउँपालिकाको योजनाहरु कार्यनयन गर्ने सन्र्दभमा उहाँहरु एकदमै सकरात्मक हुनुहुन्छ, एक आपसमा सहयोगी हुनुहुन्छ । मलाई सहयोग गर्ने सन्र्दभमा म पाँचथरकै छारो स्थानिय मान्छे आजसम्म उहाँहरुबाट असहयोग भन्ने चाही कल्पना गर्नु भएको छैन जस्तो लाग्छ, उहाँहरुले बोलीबचनमा पनि त्यस्तो गर्नु भएको छैन । एक किसिमले हामी चाही खुल्ला दौडमा छौ, रेस शुरु भईसकेको छ, १ देखी ७ वटै वडा हाम्रो एकै सोच दृढताका साथ द्रुत गतिमा काम गरि रहेका छौँ । 

निकै ब्यस्त समयमा पनि हामीसंग कुराकानी गरीदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद !

— धन्यबाद छ, तपाईलाई पनि आफ्नो कुरा राख्ने अवसर दिनु भएकोमा ।

प्रतिकृया दिनुहोस

प्रेम एक : हेर्ने आँखा अनेक

हाम्रो सामाजिक धरातल परिवेशले विविध रुपमा प्रेमको विश्लेषण गरेको पाइन्छ । तथापि प्रेम दैविदेन भएको हुँदा यो सबैमा निहीत नभए पनि सबैका लागि ग्राह्य छ

ढङ्ग बिनाका नेता र बैरङ्ग चिठी जस्तो सरकार !

‘बजारमा महँगी बढ्यो, किनेर खान सकिएन ।’ ‘बिरामी भएर अस्पताल पुग्दा डाक्टर भेट्नै मुश्किल पर्छ । बल्लतल्ल डाक्टर भेटेर जाँच गराउँदा औषधि उपचार